Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALबरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङद्धारा भाडावापत ४ लाख मिनाह

बरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङद्धारा भाडावापत ४ लाख मिनाह

बरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङद्धारा भाडावापत ४ लाख मिनाह

पोखराकी वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङले चैत महिनादेखि असोजसम्मको भाडावापत करिब ४ लाख रुपैयाँ मिनाहा गर्नुभएको छ ।

देशमा कोरोना भाइरसको संक्रमण फैलिएपछि आर्थिक क्षेत्र अस्तव्यस्त भएको र व्यवसायी मर्कामा परेको भन्दै भाडा छुट गरेको गुरुङले बताउनुभयो ।

गुरुङको घरमा सञ्चालीत पोखरा जाभा कफि हाउसका सञ्चालक एकराज न्यौपानेका अनुसार चैतदेखि असोज महिनाको भाडामा तीन महिनाको पूर्ण छुट तथा चार महिनाको आधा मात्रै लेनदेन गर्ने एवं कार्तिक पछाडी पनि बन्दाबन्दी नै रहेमा बत्ती पानीको मात्र बुझाउने, स्थिती सुधार हूँदै गएमा तद्अनुसार गर्दै जाने सौहार्द पूर्ण सहमति भएको बताउनुभयो । यस कार्यले पर्यटन व्यवसायी तथा यस क्षेत्रको संरक्षणमा सहयोग पुग्ने विश्वास लिएको बताइएको छ । कोरोना संक्रमणको जोखिममा सरकारले कोरोना संक्रमण रोक्नका लागि गरेको पहललाई साथ दिँदै आफू र आफ्नो परिवारले यस्तो निर्णय गरेको घरधनी गुरुङले जानकारी दिनुभयो । गुरुङले पर्यटनको विकासमा टेवा पु¥याउने उदेश्यले उक्त व्यवसायीलाई घर भाडामा दिँदा एड्भान्स नलिई दश वर्षको लागि सम्झौता गरिएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments