Sunday, May 29, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALफोनिज गण्डकी प्रदेशको अध्यक्षमा रुद्र श्रीस मगर

फोनिज गण्डकी प्रदेशको अध्यक्षमा रुद्र श्रीस मगर

फोनिज गण्डकी प्रदेशको अध्यक्षमा रुद्र श्रीस मगर
१९ फाल्गुन २०७८, बिहीबार

पोखरा । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा रुद्रबहादुर श्रीस मगर चयन भएका छन ।

बुधबार पोखरामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रीस मगर सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । श्रीस मगर यसअघि फोनिज गण्डकीको महासचिव थिए ।

यस्तै महाधिवेशनबाट उपाध्यक्ष द्वयमा खिमा गुरुङ र सूर्यकुमारी महतो (महिला) चयन भएका छन ।

महासचिवमा धनबहादुर गुरुङ (सुमन), सचिवद्वयमा त्रमशः विजय रानामगर (संगठन) र अर्जुन गाहामगर (सुशान्त) (संस्थागत) र कोषाध्यक्षमा रामकुमारी गुरुङ(रत्ना) लाई चयन भएका छन ।

सदस्यहरुमा क्रमशः मनलाल गुरुङ(मणी), गणेश गुरुङ (सुरेन), चेतबहादुर थापामगर (प्रविन), कृष्णबहादुर आलेमगर,  सुरज थापामगर, सुमन थापामगर, शारदा श्रेष्ठ,  टोपबहादुर रानामगर र गिता रानामगर, चयन भएका छन ।

महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको फोनिज गण्डकी प्रदेश ईन्चार्ज हुम गुरुङले जानकारी दिए ।

अध्यक्ष श्रीस मगरले संगठनको विद्यान अनुसार आफुले काम गर्ने बताए । निष्पक्ष भएर सबैसंगको सहकार्यमा संगठनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रदेश भित्रका बाँकी रहेका जिल्लामा फाेनिजकाे शाखा विस्तार अभियानलाई तिब्रता दिने समेत बताए ।

कार्यक्रममा फोनिज संघीय समितिका अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुरधन राई, संगठन सचिव मिलन लिम्बू, संघीय समिति सदस्य मिला दराईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेका थिए । उनले पत्रकार पुर्वाग्राही नभई प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सोही उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले फोनिजलाई विनियोजन भएको बजेट सदुपयोग भएको भन्दै थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।

फोटो एल्बम

(फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा रुद्रबहादुर श्रीस मगर चयन

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments