Google search engine
Homeस्वास्थ्य | HEALTHफार्मेसी व्यवसायी किरण गुरुङले आफ्नो गृह जिल्लालाई शक्तिवर्धक औषधि सहयोग

फार्मेसी व्यवसायी किरण गुरुङले आफ्नो गृह जिल्लालाई शक्तिवर्धक औषधि सहयोग

फार्मेसी व्यवसायी किरण गुरुङले आफ्नो गृह जिल्लालाई शक्तिवर्धक औषधि  सहयोग

साउन ३२

पोखरा | फार्मेसी व्यवसायी किरण गुरुङले आफ्नो गृह जिल्ला पर्बतको लागि अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेश समितिको कार्यालय पोखरा-१५ इन्द्रचोकमा  आज  एक कार्यक्रमबीच होमियोप्याथिक Ars.Alb.30c शक्तिवर्धक औषधि निशुल्क वितरण गरिएको छ ।


उक्त औषधी तमु प्ये ल्हु संघ केन्द्रिय समितिको समन्वय, अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेश समितिको व्यवस्थापन र किरण होमियो फार्मेसी रामबजारको व्यवस्थापन, तमु चलचित्र ङ्हेल्स्यो (सैना) र मिलन फाण्डेशन नेपाल(www.milnafoundation.org)को सहयोगमा  नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेता नवराज गुरुङलाई  २१ सय घरधुरी बराबरको सो औषधि हस्तान्तरण गरिएको हो ।

नेता गुरुङले २५ सय घरधुरी बराबरको माग गरिएको भएता पनि यतिबेला औषधिको माग बढेकोले उपलब्ध गराउन हम्मेहम्मे भएको कारण हाललाई २१ सय घरधुरीलाई मात्र सो औषधि उपलब्ध गराइएको कुरा किरण होमियो फार्मेसीका सञ्चालक किरण गुरुङ बताउँछन् ।

कोरोना कहरको बखत वितरण गर्दै आएको सो औषधि स्पेसली कोरोनाको औषधि भने होइन ।


यो औषधिको विशेषता भनेको मानव शरीरमा लाग्ने कुनैपनि प्राकृतिक वा अप्राकृतिक रोगहरुसँग लड्न सक्ने (Immunity Power) आन्तरिक क्षमता अभिवृद्धि गराउने रोग प्रतिरोधात्मक शक्ति बढाउने हो ।

अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेश समितिका अध्यक्ष डाक्टर विष्णु प्रसाद चापागाईं का अनुसार, यो औषधीको निरन्तर सेवनले शरीरमा कुनैपनि साइड इफेक्ट गराउदैन ।

तमु प्ये ल्हु संघले असारको पहिलो हप्तादेखी नै निरन्तर रुपमा निशुल्क वितरण गर्दै आएको यो कार्यक्रमलाई गुरुङ चलचित्र ङ्हेल्स्यो र मिलन फाउन्डेसनले प्याकिङ र वितरण कार्यमा सहकार्य गर्दै आएका छन ।

यसैगरी संघका महासचिव हर्क योज तमुको अनुभवमा लकडाउनको बेलामा समेत तमु प्ये ल्हु संघ, अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेश समितिका डाक्टर सहितको स्वास्थ्य टिम, ङ्हेल्स्यो युनिट र मिलन फाउन्डेसनले समाज र समुदायको बीचमा गएर उहाँहरुको स्वास्थ्य स्थिति बुझ्ने मौका पाएको र माग अनुरुप सो औषधि वितरण कार्य साह्रै नै प्रभावकारी रहेको बताउँछन् ।

यस अगावै पर्वत जिल्लाको दक्षिणी भेक पैयुँखोला सेरोफेरोमा पर्ने महाशिला गाउँपालिका, पैयुँ गाउँपालिका र बिहादी गाउँपालिकालाई पनि माग अनुसार निशुल्क हस्तान्तरण गरिएको स्मरण गराउँछन् ।

संघका केन्द्रिय समितिका अध्यक्ष हितकाजी टु तमुले अहिलेको कोरोना कहरसँग सुरक्षीत रहन आग्रह गर्दै मानसिकतालाई सन्तुलनमा राख्न सकारात्मक सोंचको आवश्यक रहेको बताउँछन् ।

संघले तमुको प्राचीन सभ्यताको थलो क्होला सोंथर रिसर्च कार्यमा सबैको सहकार्य रहेको बताउँदै कुनै पनि जातजाति, बर्ग लिंग, धर्म संस्कार र संस्कृतिको विरोध नगरी तमु जातिको पहिचान र अधिकारको लागि एकताको विकल्प नरहेको र आफ्नो वास्तविकतालाई चिनाउन आगामी राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न विवरण भर्दा धर्मको महलमा (बोन) र मातृभाषाको महलमा (तमु) लेख्न नछुटाउन अपिल गर्दै आएको कुरा स्मरण गराउँछन् ।

यसरी हस्तान्तरण गरिएको आजको कार्यक्रममा रेडियो समृद्ध नेपाल, कुस्माका स्टेसन मेनेजर उत्तम अधिकारी र प्रेस युनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाइलीको उपस्थिति रहेका थिए ।

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments