Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपोखरा बहुमुखी क्याम्पसको ३६ औं वाषिर्कोत्सव

पोखरा बहुमुखी क्याम्पसको ३६ औं वाषिर्कोत्सव

पोखरा बहुमुखी क्याम्पसको आयोजनामा भवन प्रवेश तथा सम्मान कार्यक्रम समापन भएको छ । क्याम्पसको ३६ औं वाषिर्कोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । पोखरा – ९, शान्ति बनवाटिका स्थित नवनिर्मित पोखरा बहुमुखी क्याम्पस परिसरमा भएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा १ सय ५० वढी सहयोगदाताहरुलाई खादा, टीका र प्रमाण पत्रले सम्मान गरिएको थियो । उक्त अवसरमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत् गरिएको थियो भने, कार्यक्रम हुनु अघि नयाँबजार देखि बाजा सहित १ हजार जनाको सहभागितामा निकालिएको ¥याली नवनिर्मित भवनमा पुगेको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रध्यापक अनुपमणी अधिकारी र निलिमा हिराचनले सन्चालन गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments