पोखरा, भदौ ७
पोखरासहित कास्की जिल्लाभर मंगलबार रातिदेखि निषेधाज्ञा जारी
आज राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजे सम्मका लागी पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले आज राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजे सम्मका लागी कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ |
आज बिहान बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले पोखरा सहित कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कास्की पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि भदौ ७ गते राति १२ बजे सम्मका लागी निषेधाज्ञा जारी भएको महानगर प्रमुख मान बहादुर जिसीले बताए ।
निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्णा निजि, सार्वजनिक संघ संस्था सहित सम्पूर्ण सरकारी कार्यालय समेत बन्द हुने मेयर जिसीले बताए ।