Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपैयु खोला तमु समाज युकेको सहयोग मृगौला पीडित सुनसरी सुनारलाई

पैयु खोला तमु समाज युकेको सहयोग मृगौला पीडित सुनसरी सुनारलाई

पैयु खोला तमु समाज युकेको सहयोग मृगौला पीडित सुनसरी सुनारलाई

पोखरा, असोज ७ । पैयु खोला तमु समाज युकेले मृगौला पीडित सुनसरी सुनारलाई बुधबार आर्थिक सहयोग गरेको छ । समाजले आफ्ना कार्यसमिति पदाधिकारी, सल्लाहकार र समाजका सदस्यहरुबाट संकलित २ लाख १ हजार ६ सय ५५ रुपैयाँ मृगौला पीडित सुनारको उपचारमा सहजताका लागि वहाँका श्रीमान जस बहादुर सुनारलाई पोखरामा एक कार्यक्रमका बीच प्रदान गरिएको हो ।


पर्वतको दक्षिण भेगबाट बेलायतमा बसोबास तथा कार्यरत व्यक्तिहरुको सक्रियतामा स्थापित पैयु खोला तमु समाज युकेले हाल विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको छ । सोहीक्रममा सुनसरी सुनारलाई मृगौलामा समस्या भएको जानकारी पाएपछी गोर्खाली रेडियोकी स्टेसन म्यानेजर खिमा गुरुङले पैयु खोला तमु समाज युकेका सल्लाहकार रिटायर क्याप्टेन बुद्ध गुरुङलाई जानकारी गराए लगत्तै युकेमा गुरुङले आफ्नो समाजका अध्यक्ष रिटायर लेप्टेनन कर्ण प्रसाद गुरुङलाई सो सम्बन्धि खबर गर्नुभएको थियोे । अध्यक्ष गुरुङ र समाजको सरसल्लाह पछी सुनसरी बचाउ अभियानलाई साथ दिदै आर्थिक संकलनलाई तिब्रता दिएपछि छोटो समयमा उक्त रकम संकलन भएको थियो।

सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय मिना गुरुङले पीडितलाई नेपाल सरकारबाट उपलब्ध गराइने सेवा सुविधाहरु लिन अनुरोध गर्नुहुँदै यो मानव हितकारी काममा विदेशबाट सहयोग गर्नुभएकोमा पैयु खोला तमु समाज युकेको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । पैयुँ खोला तमु समाज पोखराका अध्यक्ष बल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पीडितका श्रीमान जस बहादुर सुनारले यसरी प्रेम र सदभावले सहयोग गर्नुभएकोमा पैयुँ खोला तमु समाज युकेका अध्यक्ष कर्ण गुरुङ, सचिव गणेश गुरुङ, युकेमा समन्वय गर्नुहुने सल्लाहकार बुद्ध गुरुङ र नेपालमा समन्वय गर्नुहुने खिमा गुरुङ , समग्र पैयुँ खोला तमु समाज युके परिवार पैयु खोला तमु समाज पोखरा परिवार प्रति धन्यवाद व्यक्त गर्नुभयो भने संचालन खिमा गुरुङले गर्नुभएको थियो । रिटायर क्याप्टेन बुद्ध गुरुङले कार्यक्रमको व्यवस्थापन गर्नुका साथै सुनसरी बचाउ अभियानको लागि आफ्नो तर्फबाट थप १० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

पैयु खोला तमु समाज युकेबाट कोषाध्यक्ष झक गुरुङले उपलब्ध गराए अनुसार सुनसरी बचाउ अभियानमा सहयोग गर्नेहरुको नामावली यस प्रकार रहेको छ ।
गणेश बहादुर पर्जु र बेल कुमारी चह्म्रु,    
क्या. बुद्ध बहादुर लेम र खुम कुमारी टु ल्हेप्री,      
उज्जल बहादुर टु ल्हेप्री र रेखा र्हिला,     
राम काजी प्हच्यु र गुना माया गुरुङ,   
पूर्ण बहादुर क्रोम्छे र टुक माया टु ल्हेप्री,     
हम बहादुर पर्जु र दिलशोभा गुरुङ,     
गम बहादुर गुरुङ  र  लाल माया गुरुङ,      
भुवन सिङ्ग गुरुङ र चन्द्रु टु ल्हेप्री,      
दलसुर टु ल्हेप्री र चन्द्र र्हिला,        
लक्ष्मी सुबा गुरुङ र अमती च्हम्रु,     
प्रेम बहादुर टु ल्हेप्री र कुल माया गुरुङ,    
माइती माया पर्जु र  हिरा मति पर्जु,   
यम बहादुर चह्म्रु र बिनु गुरुङ,    
कृष्ण बहादुर र्हिला र तारा चह्म्रु,    
भिम लाल ल्हेगे र धन सुबा गुरुङ,    
क्या. डेम बहादुर योज र चन्द्र सुबा गुरुङ,    
सर्बजित च्हम्रु र मिना र्हिला,      
पूर्ण बहादुर मैन र देउ कुमारी पर्जु,   
काजी मान प्हच्यु र राम माया गुरुङ,    
मिन बहादुर पर्जु र भुम कुमारी चह्म्रु,    
क्या. नर बहादुर पर्जु र निर कुमारी टु ल्हेप्री,    
रमेश टु ल्हेप्री र कमला भुज्जा,     
मिन मैन र सन्जु गुरुङ,      
बिक्रम चह्म्रु र पार्वती क्रोम्छे,        
विकल र कुल माया गुरुङ,
टंकु प्रसाद ल्हेगे र पबित्रा पर्जु,       
मदन क्रोम्छे र दिलु गुरुङ,
टुक बहादुर पर्जु र लक्ष्मी गुरुङ,      
मन बहादुर र्हिला र मधु गुरुङ,        
धन बहादुर क्रोम्छे र कृष्ण पर्जु,     
चक्रराज च्हम्रु र अमृता पर्जु,      
अम्मर बहादुर प्हच्यु र मन कुमारी गुरुङ, 
नर बहादुर टु ल्हेप्री र गंगा देवी गुरुङ,     
इन्द्र प्रसाद च्हम्रु र राधा टु ल्हेप्री,    
रण बहादुर च्हम्रु र राधा गुरुङ,        
धन बहादुर गुरुङ र रत्न गुरुङ,   
नेत्र बहादुर गुरुङ र कमला गुरुङ,  
बेल बहादुर घोर्जे र यम कुमारी गुरुङ,    
निन बहादुर टु ल्हेप्री र मिना कुमारी पर्जु,   
चुरुमणि र किशान टु ल्हेप्री,
मेहर सिङ्ग टु ल्हेप्री र लालु माया चह्म्रु,     
ले. दिल प्रसाद गुरुङ र बसन्त कुमारी गुरुङ,     
मे. समराज च्हम्रु र नर शोभा पर्जु,   
राजन गुरुङ र मिरा गुरुङ,
तुल प्रसाद क्रोम्छे र बुद्ध गुरुङ,   
भुपेन्दर प्हच्यु र सुनिता टु ल्हेप्री,    
इन्द्र बहादुर पर्जु र कर्ण कुमारी भुज्जा,     
केश बहादुर क्रोम्छे र चिजा गुरुङ,   
खेम गुरुङ र पदमा गुरुङ, 
डम्मर बहादुर चह्म्रु र हिमाल भुज्जा,    
झक पर्जु र बत्ति क्रोम्छे,     
मे. इन्द्र प्रसाद पर्जु र नन्द क्रोम्छे,    
हेमन्त र नर्बदा गुरुङ,    
फाली प्रसाद पर्जु र लक्ष्मी योज,    
भानुभक्त पर्जु र भिम कुमारी चह्म्रु,   
सुमे. खुम बहादुर योज र सुक माया क्रोम्छे,    
यम प्रसाद क्रोम्छे र धन कुमारी योज,   
ले. गंगा च्हम्रु र अम्बिका गुरुङ,   
ले. कर्ण प्रसाद योज र पान कुमारी गुरुङ,   
चन्द्र बहादुर योज र यम कुमारी गुरुङ

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments