Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपहिलो पटक ३ जना तमू युवाहरुद्वारा एकैपटक माउन्ट केटू हिमालको सफल आरोहण

पहिलो पटक ३ जना तमू युवाहरुद्वारा एकैपटक माउन्ट केटू हिमालको सफल आरोहण

केशव तमू । गोरखा दुई जना र संखुवासभाका एक जना गरि ३ जना तमू युवाहरुले पहिलो पटक संयुक्त रुपमा विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटूको सफल आरोहण गरेका छन् । गोरखा धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका पुर बहादुर तमू (युक्त), सुमन तमू र सखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा नं ४ का रमेश तमूले सयुक्त रुपमा माउन्ट केटूको सफल आरोहण गरेका हुन् ।

उनीहरुले गत जुलाई २२ गतेको विहान पाकिस्तानमा रहेको विश्वको दोस्रो माउन्ट केटू को सफल आरोहण गरेका हुन् । ८६११ मिटर अग्लो माउन्ट केटू पाकिस्तान र चीनको सिमाना काराकोरम रेन्जमा रहेको छ ।

साभेज माउन्टेन अर्थात पलपलमा मारिन सक्ने खतरनाक हिमालको उपमा पाएको माउन्ट केटू अन्य हिमालको तुलनामा बढी जोखिमपूर्ण मानिन्छ । हिमालयको यात्रा त्यसै पनि सधै जोखिपूर्ण हुने गर्दछ । अत्यन्तै कठिन भूगोलका बाबजुद जोखिमपुर्ण यात्रालाई पार गर्दै नेपालका तीन जना युवा माउन्ट केटूको शिवरमा पुग्न सफल भएको हो ।

‘हिमाल चढ्दा जहिले पनि रिस्क हुन्छ । अन्य हिमालको तुलनामा माउन्ट केटू डिफरेन्स छ । क्लाइम्बरहरुलाई पनि अन्य हिमालमा भन्दा यसमा बढी रिस्क हुन्छ तर पनि हामी सफलतापुर्वक हिमाल आरोहण गर्न सफल भयौ, सारै खुसी लागेको छ’ आरोही पुरबहादुर तमूले भने ।

तमू समुदायबाट पहिलो पटक तीन जना युवाहरु माउन्ट केटूको शिखरमा पुगेको उनल बताए । ३४ जनाको ग्रुपको नेतृत्व गर्दै उनीहरु माउन्ट केटूको शिवरमा पुगेको हुन् । उनीहरु समूह बेलायत, अमेरिका, कतार, वंगलादेश लगायतका देशका नागरिकहरु थिए ।

आरोही सुमन तमू गण्डकी अल्पाइन क्लवका उपाध्यक्ष हुन भने पुर बहादुर तमू कोषाध्यक्षमा हुन् । गण्डकी प्रदेशको पर्वतारोहण क्षेत्रको विकास गर्ने उद्देश्यले आरोही तथा आरोहण संञ्चालकहरु रहने गरी सो क्लव गठन गरिएको थियो ।

त्यस्तै, युक्त तमूले पाकिस्तानमा रहेको आठ हजार ५१ मिटर ब्रोड पिक हिमाल सफल आरोहण गरेका छन् । गत जुलाई २७ मा उनले सो हिमाल आरोहण गरेका हुन् । ३३ वर्षीय तमूले विश्वको अग्लो सगरमाथा हिमाल ६ पटक सम्म आरोहण गरिसकेको छन् । केही समय पहिले उनले १५ दिनको अन्तरमा दुई पटक सगरमाथा आरोहण गरेका थिए ।

तमू समुदायबाट उनी हाल सम्म सबै भन्दा बढी सगरमाथा आरोहण गर्ने व्यक्ति हुन् । उनले सगरमाथा सँगै तमूले गोरखामा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल र सोलुखुम्बुमा रहेको छ हजार आठ सय १२ मिटरको आमादब्लम हिमाल चढिसकेका छन ।

यीबाहेक उनले हालसम्म छ हजार भन्दा माथिका दुई दर्जन भन्दा बढी हिमाल चढिसकेको उनले बताए । उनी अव गोरखाको मनास्लु हिमाल आरोहणको तयारीमा छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments