Google search engine
Homeसमाचार | NEWSखेलकुद | SPORTSपश्मिाञ्चल क्षेत्रिय खेलकुदका पुर्व अध्यक्ष गुरुङको निधन

पश्मिाञ्चल क्षेत्रिय खेलकुदका पुर्व अध्यक्ष गुरुङको निधन

पश्मिाञ्चल क्षेत्रिय खेलकुदका पुर्व अध्यक्ष गुरुङको निधन
साउन २, केशव पठाक
पोखरा । पश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका पुर्व अध्यक्ष एवम पुर्व राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका नेता मेजर दिपक गुरुङको ८४ बर्षको उमेरमा आज निधन भएको छ ।

 

कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. २ ताङतिङ स्थायी वसोवास भएका गुरुङको काठमाडौस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको उनको भतिजा एवम् मादी गाउँपालिकाका अध्ष्क्ष वेदबहादुर गुरुङ(स्याम)ले जानकारी दिए ।

मेजर गुरुङले २०५४ देखि २०५८ सम्म पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको अध्यक्षको कार्यभार सम्हालेका थिए । उनको पालामानै पोखरा रंगशालाको मुआव्जा वितरण कार्य प्रारम्भ भएको कास्की जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्य समस्या भएपछि उनी उपचारत थिए । भूतपूर्व सैनिक संघका संस्थापक अध्यक्ष समेत रहेका उनको श्रीमती, दुई छोरा र चार छोरी छन । स्वर्गीय गुरुङको पार्थिव शरिरलाई आजै पशुपति आर्यधाटमा अन्तिम संस्कार गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments