Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपर्वतको ‘हार्नेस जिपलाइन’ आजदेखि सुरु

पर्वतको ‘हार्नेस जिपलाइन’ आजदेखि सुरु

पुस २४, २०७८
पर्वत : सुपरम्यान शैलीमा विश्वकै दोस्रो भएको दाबी गरिएको हार्नेस जिपलाइन प्रा.लि. ले पर्वतमा निर्माण गरेको जिपलाइन आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सोही दिनबाटै जीपलाईनलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी भएको भए पनि प्राविधिक परीक्षणका सबै काम पुरा नभएको तथा कम्पनीले नै निर्माण गरेको रिसोर्टको पनि सबै कामहरू पूरा नभएका कारण औपचारिक सञ्चालन पछाडि धकेलिएको थियो । त्यसअगाडि गत कात्र्तिकको पहिलो साताबाटै सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि काम नसकिएका कारण समय धकेलिँदै पुससम्म आइपुगेको हो ।
जिपलाइनमा पछिल्ला केही दिन यता हरेक दिन जसो धेरै जनाले परीक्षणका रूपमा साहसिक खेल जिपलाइनमा यात्रा गरेपछि आजबदेखि औपचारिक रूपमा जीपलाईनका पारखीहरूलाई खुल्ला गरिएको हार्नेस प्रा.लि का अध्यक्ष विदुर पौड्यालले बताउनुभयो । उहाँका अनुसार आजदेखि व्यावसायिक रूपमा खुल्ला गर्ने तयारी भएपछि त्यस अगाडि नै गत बिहीबारदेखि इच्छुकहरूलाई टिकट बुकिङ खुल्ला गरिएको थियो । जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको र सञ्चालनमा आएको केही दिनसम्म उद्घाटनको अवसरमा १० प्रतिशत छुट दिन लागिएको छ ।
जिपलाइनका निर्देशक सुनिल बाँनियाका अनुसार कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुवाती गति प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ । १४ सय ८० मिटरको दूरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जिपलाइनको ल्यान्डिङ हुनेछ । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको र पर्वतको जिपलाइन त्यसपछिको लामो भएका कारण पर्वतमा पर्यटकहरूलाई आकर्षित गर्नको लागि जिपलाइन महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments