Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALपर्वतका १४८ मध्ये ३५ मतदानस्थल अति संवेदनशीलको सूचीमा

पर्वतका १४८ मध्ये ३५ मतदानस्थल अति संवेदनशीलको सूचीमा

 आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्वतका १ लाख २२ हजार मतदाताले १४८ मतदान केन्द्रबाट मतदान गर्दैछन्।

 

जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार तर ती सबै मतदान केन्द्रहरू भने १४८ ठाउँमा नै हुने छैनन्। नियम अनुसार सामान्यतः १ हजार ६० मतदाता हुँदा एउटा मतदान केन्द्र हुन्छ। ५÷७ जनाको सङ्ख्या तल माथि हुँदा एउटै केन्द्रमा मतदान हुने भए पनि त्यो भन्दा बढी भएमा अर्को केन्द्र राखेर दुवैमा बराबर मतदाता रहने गरी केन्द्रको निर्धारण गरिएको हुन्छ।

 

जिल्ला निर्वाचन अधिकारी शर्माले गत स्थानीय तहको निर्वाचनमा कायम रहेकामध्ये १ हजार ९ सय जनाको नाम मतदाताको सूचीबाट हटाइएको भए पनि उक्त निर्वाचनमा भन्दा आगामी निर्वाचनमा ६ सय मतदाता बढी रहेको बताए। स्थानीय तहको निर्वाचनयता मृत्यु भएकाहरू तथा दोहोरो नामावली भएकाहरूलाई हटाइएको हो।

 

सोही अनुसार पर्वतमा ७४ मतदान स्थलमा १ सय ४६ वटा मतदान केन्द्र निर्धारण गरिएको हो। सबैभन्दा बढी कुश्मा नगरपालिकाका १७ स्थानमा ३८ वटा मतदान केन्द्र रहने छन् भने सबैभन्दा कम महाशीला गाउँपालिकाका ७ स्थानमा ११ वटा मतदान केन्द्र रहने छन्।यस्तै, फलेवास नगरपालिकाका १४ स्थानमा २८ वटा, मोदी गाउँपालिकाका १० स्थानमा २३ वटा, बिहादी गाउँपालिकाका ७ स्थानमा १३ वटा, जलजला गाउँपालिकाका १२ स्थानमा २१ वटा र पैयुँ गाउँपालिकाका ७ स्थानमा १४ वटा मतदान केन्द्र राखिएको छ।

 

जिल्ला सुरक्षा समितिको बैठकले गत स्थानीय तहको निर्वाचनमा जिल्लामा भएका राजनीतिक गतिविधि, निर्वाचन बहिष्कार गर्ने समूह रहेको क्षेत्र, भौगोलिक स्थिति, सञ्चार र सडकको सुलभताको अवस्थालाई आधार बनाएर मतदान स्थलहरूलाई ती वर्गमा विभाजन गरेको छ। प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाका अनुसार ३५ वटा मतदान स्थललाई अति संवेदनशील, ३१ वटा मतदान स्थललाई संवेदनशील र ८ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखिएको छ।

 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले निर्वाचनमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने बताए। वर्गीकरण अनुसारको सुरक्षा रणनीति तय गरेर निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन आफूहरूले तयारी गरिरहेको उनको भनाइ छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments