पत्रकार प्रताप रानामगरलाई कौरा संरक्षण पत्रकारिता पुरस्कार प्रदान
पोखरा, १ साउन
राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार तनहूँका पत्रकार प्रताप रानामगरलाई प्रदान गरिएको छ । नेपाल मगर पत्रकार संघ कास्कीले बिहीबार पोखरामा आयोजना गरेको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उनलाई पुरस्कार प्रदान गरे । पत्रकार रानाले पुरस्कारस्वरुप १० हजार रुपैयाँ नगद प्राप्त गरे ।
पत्रकार मगरलाई सम्मान गर्दै प्रदेश प्रमुख शेरचनले राज्यको चौथो अंग पत्रकार थप जिम्मेवार हुनुपर्नेमा जोड दिए । पत्रकार नै जिम्मेवार बन्न नसके राज्यका अन्य अंगहरु काम नलाग्ने भन्दै राज्यका सबै निकायलाई निष्पक्ष रुपमा खबरदारी गरिरहनुपर्नेमा उनको जोड थियो । नेपालको मौलिक संस्कृति कौरा संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिंदै शेरचनले यसमा सञ्चार जगतले पनि विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कौरा निकै प्रचलित र पूरानो संस्कृति भएकाले यसको संरक्षणसहित नयाँ युवा पुस्तालाई बुझाउनुपर्नेमा जोड दिए । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालद्वारा स्थापित यो पुरस्कारले कौराको संरक्षणमा थप मद्धत मिल्ने उनको विश्वास थियो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष शान्ति गुरुङले कौरा संरक्षणका लागि सबै क्षेत्र अग्रसर हुनुपर्ने भन्दै यसमा सञ्चार जगतले विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याइन् ।
पुरस्कृत पत्रकार प्रताप रानामगरले पुरस्कारले कौरा संरक्षण र पत्रकारितालाई थप सशक्त बनाए अघि बढाउन हौसला प्रदान गर्ने बताए ।
नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रुद्र हितान मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक एमबी आस्था, आदिवासी जनजाति पत्रकार संघ गण्डकी संयोजक हुमबहादुर गुरुङ, मगर संघका केन्द्रीय सदस्य खेम पुन, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रमुख राजनीतिक सल्लाहकार गोविन्द नेपाली, राष्ट्रिय मौलिक कौरा संरक्षण समितिका उपाध्यक्ष तारामाया थापा, मगर पत्रकार संघ कास्कीका सदस्य मीना थापा मगर, सञ्चारकर्मी हर्क आले लगायतले बोलेका थिए ।
मगरलाई पुरस्कार पूदान गर्नका लागि नेपाल मगर पत्रकार संघका केन्द्रीय कार्यवाहक अध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा ६ सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको थियो ।
समितिका सदस्यहरूमा राष्ट्रिय मौलिक कौरा संरक्षण समितिका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर पत्रकार संघ, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर र कार्यसमिति सदस्य मीना थापामगर थिए ।
यस पुरस्कारबाट यसअघि नवलपुरकी कमला रानामगर र कास्कीका तिलकप्रसाद पुनमगर पुरस्कृत भइसकेका छन् । पत्रकारिता मार्फत् गण्डकी प्रदेशकै मौलिक संस्कृतिका रुपमा रहेको कौरा नाचको प्रवर्द्धनमा योगदान पुर्याउने एक जना मगर पत्रकारलाई प्रत्येक वर्ष पुरस्कारबाट पुरस्कृत गरिँदै आएको छ ।
फोटो ग्यालरी /hoto Gallery
{vsig}nepal/kaura-samraxan-puraskar{/vsig}