Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALनेपाल राष्ट्र बैक, काठमाडौंका गभर्नरलाई ज्ञापन पत्र बुझाइयो

नेपाल राष्ट्र बैक, काठमाडौंका गभर्नरलाई ज्ञापन पत्र बुझाइयो

पोखरा चेम्बर अफ कमर्स, कास्कीले नेपाल राष्ट्रवैक, गण्डकी प्रदेश कार्यालयमार्फत नेपाल राष्ट्र बैक, काठमाडौंका गभर्नरलाई ज्ञापन पत्र बुझाइएको छ । पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष यमनाथ पौडेलको नेतृत्वमा कास्कीले नेपाल राष्ट्रवैक, गण्डकी प्रदेशका प्रमुख रामशरण खरेललाई उच्च व्याजदर घटाउनका लागि ज्ञापन पत्र बुझाइएको हो ।

 

ज्ञापन पत्र बुभ्mनुहुदै खरेलले गभर्नर समक्ष पु¥याउने जानकारी दिनुभयो । पत्रमा सन् २०२० मा कोभिड १९ को महामारी तथा रुस र युक्रेन वीचको युद्धका कारण भएको आर्थिक प्रभावले आम व्यवसायीहरु सामान्य अवस्थामा पुग्न नसकेको उल्लेख गर्दै, व्याजदर घटाउन आग्रह गरिएको छ । व्याज दर आकशिएको भन्दै नियन्त्रणको लागि हालको विध्मान स्प्रेड दरमा ४.४ प्रतिशतमा १ प्रतिशत घटाइनुपर्ने, बैंकको आधार दरलाई न्युनतम विन्दुमा कायम गरिनुपर्ने, कर्जामा आधार दरको अधिकतम २ प्रतिशत सम्म प्रिमियम थप हुने गरी व्यवस्था गरिनु पर्ने पत्रमा उल्लेख गरिएको छ ।

 

त्यसैगरी नेपाल राष्ट्रबैंकले बाणिज्य बैंकहरुलाई वाणिज्य ऋण प्रवाह गर्दा विगत ६ महिना ५ प्रतिशतबाट ८.५ प्रतिशत पु¥याएरकोमा ५ प्रतिशत नै कायम गरिनुपर्ने, स्थानिय, प्रदेश तथा संघिय सरकार अन्तरर्गतका निकायहरुको खातामा रहेको पुजीगत रकम खर्च हुन नसकेको अवस्थामा सो रकमको ९५ प्रतिशत रकम बाणिज्य बैंकहरु मार्फत कर्जा प्रवाह गर्ने सुविधा प्रदान गरिनु पर्ने लगायतका ६ वुद्धे माग उल्लेअ गरिएको ज्ञापन पत्र वुझाइएको हो । ज्ञापन पत्र बझाउनु अघि पोखरा पस्र्याङदेखि निकालिएको मोटर साइकल ¥याली सिद्धार्थ चोक, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक र सृजनाचोक हुँदै राष्ट्रबैक पुगेको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments