Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNनेपाली जनप्रगतीशिल मञ्च हङकङको अध्यक्षमा दुर्गा ब. गुरुङ ‘मिलन’

नेपाली जनप्रगतीशिल मञ्च हङकङको अध्यक्षमा दुर्गा ब. गुरुङ ‘मिलन’

हङकङ । नेकपा माओवादी केन्द्रको विदेश विभाग अन्तर्गत नेपाली जनप्रगतीशिल मञ्च हङकङको तेश्रो अधिवेशन आईतबार सम्पन्न भएको छ।

जोर्डन स्थित एक रेष्टुरेण्टको हलमा सम्पन्न अधिवेशनमा समाज सेवामा परिचित दुर्गा ब. गुरुङ ‘मिलन’को अध्यक्षतामा ११ सचिवालयसहितको ४१ कार्यसमिति चयन भएको छ।

अधिवेशनमा भर्चुवल माध्यमबाट पार्टीको विदेश बिभाग अध्यक्ष ओम शर्माले कार्यक्रम सफलताको शुभकामना दिएका थिए। प्रमुखअतिथि शर्माले नेपाली जनप्रगतीशिल मञ्च संग हङकङको सबै नेपाली जनता जोड्नु पर्ने कुरामा जोड दिए । विभिन्न कारणले पार्टीकमजोर जस्तो देखिएको थियो अब पुष ११, १२, १३ को राष्ट्रिय सम्मेलनपछि पुनः प्रमुख पार्टी बन्ने बताए।

कार्यक्रममा नेकापा माओवादी हङकङ शाखाको पूर्व अध्यक्ष रबिन लिङदेनले सन २०४१ मा नेकापा माओवादी हङकङ शाखाको दोश्रो अधिवेशनपछि पार्टीको आन्तरिक कारण लामो समयसम्म अधिवेशन हुन नसकेको बताए । लिङदेनले पार्टी संगठनलाई बलियो बनाउन नेताहरुलाई मात्र दोष दिएर नहुने, हामी सबै मिलेर काम गर्नु पर्ने बताए।

अध्यक्षमा निर्वाचित भएपछि हङकङमा रहेको नेपालीहरुको समस्याहरु राजनैतिक र सामाजिक रुपमा दुबै पक्षबाट सामाधान गर्न पहलगर्ने बताए । मिलन फाउण्डेशन नेपाल समेत सञ्चालन गर्दै आएका अध्यक्ष दुर्गा मिलनले आगामी दिनमा संगठनलाई अझ मज़बूत बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।

सन २०१८ मा नेकपा माओवादी केन्द्र र एमालेको ऐकतापछि पार्टीको सबै संगठनमा नेतृत्वको संरचनामा परिवर्तन भएको थियो । हङकङमा माओवादीबाट जस बहादुर ओख्राबुको अध्यक्षतामा नेकपाको संगठन प्रवासी नेपाली एकता मञ्च गठन भएको थियो।

गत फागुन २३ को सर्वोच्च अदालतको निर्णयले माओवादी र एमाले पूर्व अवस्थामा नै फर्किए पश्चात हङकङमा नेकापा माओवादी हङकङ शाखालाई नेपाली जनप्रगतीशिल मञ्चबाट नै सञ्चालन गर्ने गरि तेश्रो अधिवेशन भएको छ । पहिला, जिल्ला तहको नेकापा माओवादी केन्द्र हङकङ शाखा र उस्को मातहतमा सामाजिक सस्था “नेपाली जनप्रगतीशिल मञ्च” छुट्टा छुट्टै संगठन थियो।

मञ्चको तेश्रो अधिवेशनमा लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङको अध्यक्ष इन्द्र लक्सम, मोर्चाको केन्द्रीय सदस्य भुपेन्द्र चेम्जोङ, मञ्चको पूर्व सल्लाहकार तुलाजङ गुरुङ, ज्ञानु मेन्याङबो, युवराज गुरुङले शुभकामना मन्तव्य दिएका थिए।

नेपाली जनप्रगतीशिल मञ्च हङकङको पूर्व अध्यक्ष धिरेन्द्र चाम्लिङको अध्यक्षतामा सम्पन्न अधिवेशन सचिव हरिन्द्र तमुले सञ्चालनगरेका थिए।

अध्यक्षः दुर्गा बहादुर गुरुङ “मिलन”
उपाध्यक्षः आषिश सुवेदी
उपाध्यक्षः नरेन्द्र केरुङ
सचिवः हरिन्द्र तमु ‘हरि’
सह–सचिव प्रवक्ताः किन्दर राई
कोषाध्यक्षः अर्जुन राना मगर
सह–कोषाध्यक्षः सुरेश शर्मा
सचिवालय सदस्यः मन प्रसाद गुरुङ
सचिवालय सदस्यः रबिन नाल्बो
सचिवालय सदस्यः निर लिम्बु
सचिवालय सदस्यः प्रताप कोयु राई
११ सचिवालय सहितको ४१ कार्यसमिति चयन भएको छ।

फोटोः रबिन लिङदेन

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments