Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALनिर्देशक गुरुङले गुरुङ फिल्म एसोसिएसन नेपालको सदस्यता त्यागे

निर्देशक गुरुङले गुरुङ फिल्म एसोसिएसन नेपालको सदस्यता त्यागे

निर्देशक गुरुङले गुरुङ फिल्म एसोसिएसन नेपालको सदस्यता त्यागे

पोखरा । पहिलाे गुरुङ चलचित्रका नायक प्रितम गुरुङले जिफानको सदस्यता त्यागेका छन् । जिफान गुरुङ फिल्महरुको साझा संगठन हो । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को स्थापना २०६५ सालमा भएको हो ।
२०५२ सालमै पहिलो गुरुङ फिल्म ‘पाते’ अभिनय गरेका उनकाे अभिनय र निर्देशन गरी ४ दर्जन बढी फिल्म छन् ।

जिफानले संस्थागत कारबाही गरेपछि सोमबार साँझ सामाजिक सञ्जाल मार्फत उनको कम्पनी रोधी डिजिटल प्रालिले जिफानको संस्थागत सदस्य त्यागेको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘मेरो कम्पनी रोधी डिजिटल प्रालि आजबाट जिफानको संस्थागत सदस्य नरहेको जनाउँदछु ।’

विधानविपरीत कार्य गरेको भन्दै आगामी ६ महिनासम्म गुरुङ चलचित्र सम्बन्धी कुनै गतिविधि गर्न नपाउने भनी जिफानले लेखेको पत्र समेत उनले उल्लेख गरेका छन् ।

जिफान अध्यक्ष गुञ्जबहादुर गुरुङले भने प्रितमले विधानविपरीत काम गरेकोले पत्र काटेको बताए । जिफानको विधानअनुसार साधारण सभाको दिनमा चलचित्रसम्बन्धी कुनै गतिविधि गर्न नपाउने भनिए पनि आफूखुसी त्यही दिन काठमाडौँमा फिल्म देखाएको बताइएको छ । तर सबै तयारी भइसकेकोले प्रदर्शन मिति सार्न नसकिएको प्रितम बताउँछन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments