Google search engine
Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTदेवीजंग गुरुङ सिक्लेसीको रचना र डबिन गुरुङको ए ङ्गोल्स्यो - म्युजिक भिडीयो...

देवीजंग गुरुङ सिक्लेसीको रचना र डबिन गुरुङको ए ङ्गोल्स्यो – म्युजिक भिडीयो विमोचन

पौष १८ | पोखरा | देवीजंग गुरुङ सिक्लेसीको रचना र डबिन गुरुङको ए ङ्गोल्स्यो – म्युजिक भिडीयो विमोचन
गायक डविन गुरुङको पहिलो गुरुङ गीत “ए ङोल्स्यो” को अफिसियल म्युजिक भिडियो विमोचन सम्पन्न भएको छ । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा गीतको भिडियो सुटिङ सम्पन्न भएको भिडियो निर्माण युनिटका प्रोडक्सन म्यानेजर विनोद गुरुङले जानकारी दिनुभयो ।

 


गीतका सर्जक देवीजंग गुरुङ स्वयम् सिक्लेस निवासी भएको र गीतमा सिक्लेसी भेगमा बोली शब्दहरु प्रयोग भएकाले भिडियो पनि सिक्लेसमा नै निर्माण गर्दा गीतले न्याय पाएको आभास भएको प्रस्तुतकर्ता एवं गायक डविन गुरुङले बताउनुभयो ।

सर्जक देवीजंग गुरुङले गुरुङ समुदायमा विवाह प्रस्तावका लागि केटा पक्षबाट केटीकोमा रोटी रक्सी लाने चलन (पुङ खाने) र ङोलो,ङोल्स्यो बिचको प्रेमलाई गीतमार्फत प्रस्तुत गर्न खोजिएको बताउनुभयो । उहाँले यसअघिको गुरुङ गीत ‘क्हार खबा ङोल्स्यो’ लाई दर्शक श्रोताले धेरै माया गरेको जनाउदै यस गीतलाई पनि सबैले माया गर्नेमा आफु विश्वस्त रहेको र चांडै नयाँ गीत ल्याउने तयारीमा पनि रहेको जानकारी दिनुभयो ।

गायक डविन गुरुङको प्रस्तुतिमा बनेको गीतमा शब्द,संगीत देवीजंग गुरुङ ‘सिक्लेसी’ को रहेको छ भने गायक डविन गुरुङ र गायिका उषा गुरुङले स्वर भर्नुभएको छ । पोखरा छोरेपाटन स्थित क्रेजी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन विनोद रसाइलीले गर्नुभएको हो ।

सविन गुरुङको निर्देशन, होम गुरुङको सहनिर्देशनमा बनेको गीतको अफिसियल भिडियोमा एलिजा गुरुङ र डविन गुरुङले मुख्य अभिनय गर्नुभएको छ । भिडियोको छायाङ्कन माधव गुरुङ, ड्रोन अनिल अधिकारी गर्नुभएको छ भने सम्पादन मिलन गुरुङले गर्नुहुने प्रोडक्सन म्यानेजर विनोद गुरुङले बताउनुभयो ।

आजै गीतको अफिसियल भिडियो विमोचन संगै युट्युबमा सार्वजनिक गरिने प्रस्तुतकर्ता डविन गुरुङले जानकारी दिनुभयो ।

यसैबीच, सोही गीतमा आयोजित टिकटक प्रतियोगीतामा धेरैले सहभागिता रहेको सर्जक देवीजंग गुरुङ ‘सिक्लेसी’ ले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा प्रथम समूहलाई प्रमाणपत्र र नगद ८ हजार, द्धितियलाई प्रमाणपत्र र नगद ५ हजार र तृतियलाई प्रमाणपत्र र नगद तीन हजार रुपैयाले पुरस्कृत गरिएको थियो ।

फोटो एल्बम (Photo Album) फोटो हेर्नलाई फोटो माथि थिच्नु(click) होला |

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments