Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNतमु समाज यूकेको अध्यक्षमा शिवकुमार गुरुङ चयन

तमु समाज यूकेको अध्यक्षमा शिवकुमार गुरुङ चयन

लन्डन असार १४ । तमु समाज यूकेको अध्यक्षमा शिवकुमार गुरुङ चयन भएका छन् ।

आइतबार जुन २७ तारिखमा तमु समाज भवनको भवन बेम्बलीमा भएको १४औं साधारणसभा तथा छैठौं महाअधिवेशनबाट शिवकुमारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा हर्कबहादुर गुरुङ, उपाध्यक्ष भिमबहादुर गुरुङ, बिन्दु घले, महासचिव धर्म बल गुरुङ र कोषाध्यक्षमा खेमबहादुर गुरुङ चयन भएका निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार सचिवमा सुबा घले र सहकोषाध्यक्षमा रविन गुरुङ चयन भए । आमा समूहको अध्यक्षमा उमा गुरुङ चयन भएकी छन् ।

अधिवेशनको अन्त्यमा नवनिर्वाचित अध्यक्ष शिवकुमार गुरुङले निवर्वतमान अध्यक्ष शिवचन्द्र गुरुङलाई कार्यकाल सफलतापूर्वक सम्पन‍्न गरेकोमा हार्दिक बधाइ, धन्यवादसहित मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलगायत समाजका पदाधिकारी, सदस्य लगायतको बाक्लो उपस्थिति थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments