Google search engine
Homeस्वास्थ्य | HEALTHतमु प्ये ल्हु संघ बोनमार्गी सार्दीखोला इकाईलाई रोग प्रतिरक्षा होमियोप्याथिक...

तमु प्ये ल्हु संघ बोनमार्गी सार्दीखोला इकाईलाई रोग प्रतिरक्षा होमियोप्याथिक औषधी वितरण !

तमु प्ये ल्हु संघ  बोनमार्गी सार्दीखोला इकाईलाई रोग  प्रतिरक्षा   होमियोप्याथिक औषधी वितरण 
असार २४, कास्की । बोनमार्गी तमु प्ये ल्हु संघ इकाई समिति, स.फुँ.ती क्होइबो सार्दिखोला कास्कीका अध्यक्ष नरकाजी तमुको हस्ते ४ सय घरधुरीलाई रोग  प्रतिरक्षा गर्ने  औषधी Ars.Alb.30c वितरण गरियो ।
 
तमु प्ये ल्हु संघ केन्द्रिय समितिको समन्वयमा र अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेश समितिको व्यवस्थापनमा किरण होमियो फार्मेसी रामबजारको प्याकिङ सहयोगमा उक्त रोग  प्रतिरक्षा गर्ने  होमियोप्याथिक Ars.Alb.30c औषधी वितरण गरेको हो ।
 
आर्सनिक एल्बम ३० रोग  प्रतिरक्षा गर्ने  औषधी  २ वर्ष मुनिका बालबालिका, गर्वास्थामा रहेका महिला र अशक्त बिरामी बाहेक ३ वर्ष माथिका बालबालिकादेखि वयस्क हुँदै बृद्ध-वृद्धासम्मकालाई एकै खुराक र परिमाणमा निर्धक्क खाना सकिने यो औषधीको कुनै साइड इफेक्ट नभएको अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेश समितिका उपाध्यक्ष समेत रहेका डाक्टर दिलिप पाण्डेले बताउनु भएको छ ।
 
संघका केन्द्रिय समितिका अध्यक्ष हितकाजी टु तमुले अहिलेको कोरोना महामारीबाट सशंकित र भयभीत नभई मनोबललाई उच्च राख्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट जारी निर्देशनलाई अवलम्बन गरिनुपर्नेमा जोड दिंदै सबैलाई सचेत रहन समेत आग्रह गर्नुभएको छ ।
 
कार्यक्रममा  संघका केन्द्रिय महासचिव हर्क योज तमुले व्यक्तिगत स्वार्थ भन्दा अलग रहेर अहिलेको कोरोना आक्रान्तबाट बच्न र बचाउन हामी सबैको बराबर दायित्व रहेको कुरा बताउनु भएको छ ।
 
यसरी मानव स्वास्थ्यलाई रोग  प्रतिरक्षा गर्ने  औषधी आर्सनिक एल्बम ३०  वितरण कार्यलाई गुरुङ चलचित्र ङ्हेल्स्यो सैना र मिलन फाउन्डेसन नेपालले सहकार्य गर्दै आएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments