Sunday, May 29, 2022
Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALतमु प्ये ल्हु संघ जिल्ला समिति झापाको प्रथम अधिबेशन सम्पन्न ।

तमु प्ये ल्हु संघ जिल्ला समिति झापाको प्रथम अधिबेशन सम्पन्न ।

तमु प्ये ल्हु संघ जिल्ला समिति झापाको प्रथम अधिबेशन सम्पन्न ।
२०७८ चैत्र १३
तमु प्ये ल्हु संघ जिल्ला समिति झापाले मिति २०७८ चैत्र १२ गते शनिबारको दिन बिर्तामोडको अग्रसेन हलमा अध्यक्ष राम कुमार ल्हेंगे तमुको सभापतित्व र तमु प्ये ल्हु संघ केन्द्रिय समितिको अध्यक्ष हित काजी टु तमुको प्रमुख अतिथ्यतामा तमु जातिको मौलिक धर्म, सस्कार, सस्कृतिलाई संरक्षण गर्ने संघ प्ये ल्हु संघ जिल्ला समितिले ऎतिहासिक पुर्बी नेपालको झापामा पनि प्रथम अधिबेशन कार्यक्रम आयोजना गरि कार्यक्रम भब्यताको साथ सु सम्पन्न गरियो ।

हाम्रो निमन्त्रणा लाई स्वीकार गरि कार्यक्रममा केद्रीय समिति बाट उपाध्यक्ष गणेश ल्हेंगे तमु, बोन लमको तर्फबाट केन्द्रिय सल्लाहकार टेक बहादुर पंगी लम तमु (गोर्खा) महासचिब हर्क योज तमु, सहकोषाध्यक्ष शेखर ल्हेंगे तमु, सदस्यहरु धर्मराज प्हच्यु तमु, पदम ल्हेंगे तमु, चितवन जिल्ला समितिको सचिब नारायण तमु, स्यार्लो क्होईवो मोरङ्ग बाट पच्यु खेगीहरु डम्बर प्हच्यु तमु, लोक ब. प्हच्यु तमु, ताप्लेजुङ्ग निघुरादीन बाट क्ल्हेप्री खेगी मदन क्रोम्छें तमु, संखुवासभा बाट बोन लम् खेगी तथा बोन लम् केन्द्रिय उपाध्यक्ष भुवन पैजो तमु, जेष्ठ नागरिक श्याम ब. ल्हेंगे तमु, तमु प्ये ल्हु संघ १ न. प्रदेशको उपाध्यक्ष चन्द्र प्हच्यु तमु, कोषाध्यक्ष कमला ल्हेंगे तमुस्यो, तमु ह्युला छोज धी १ न. प्रदेशको अध्यक्ष कृष्णराज ल्हेंगे तमु, उपाध्यक्ष, सदस्यहरु, निबर्तमान अध्यक्ष, स्यार्लो क्होईवोको निबर्तमान अध्यक्ष, तमु प्ये ल्हु संघ जिल्ला समिति ताप्लेजुङ्गको अध्यक्ष युग राज ल्हेंगे तमु, इलाम, मोरङ्ग, सुनसरीबाट अध्यक्ष तथा प्रतिनिधि, नगर वडा प्रमुख, प्रसाशन प्रतिनिधि प्रहरी हवल्दार जय नारायण महत्तो,पुर्वाञ्चल दैनिक, सतदपत्र डट कमको पत्रकारहरु, अन्य संघ संस्थाका प्रतिनिधिहरु, जिल्ला समिति झापाको कार्यसमितिको पदाधिकारीहरु, कलाकारहरु, तमु प्ये ल्हु संघ प्रति आस्था राख्नु हुने झापा बासी तमु तमुस्यो बुद्धिजीवि ब्याक्तित्व, समाजसेवी तथा तमु आमा बुवा, दाजु भाई, दिदि बहिनि तथा गैर तमु हरुको उपस्थिति रहेको कार्यक्रममा मौलिक झल्कने विभिन्न समानहरु सजिएको हलमा उदघाटन संगै, १ कबिता, १ गायन, ३ ग्रुप नाच र ४ एकल नाच प्रस्तुत भएको थियो भने अतिथिहरु, बिशेष अतिथिहरु, प्रमुख अतिथिको मन्तब्य संगै सभाध्यक्षबाट खुला सत्र कार्यक्रमको समापन गरिएको थियो र यस कार्यक्रम रन्जित क्रोम्छें तमु र दिलुजित ल्हेंगे तमुले संचालन गर्नु भएको थियो।

खुलासत्र कार्यक्रम सकिए लगत्तै बन्द सत्र कार्यक्रमबाट राम कुमार ल्हेंगे तमु ज्युको अध्यक्षतामा १७ सदस्यीय जिल्ला झापा कार्यसमितिको मनोनित गठन गरि केन्द्रिय समितिको अध्यक्ष ज्यु बाट शपथ गराई कार्य सफलताको टिका लगाई, फुल माला र भाङ्ग्रा लगाएर सम्मान गर्दै सम्पूर्णले हार्दिक बधाई तथा कार्यसफलताको कामना गर्नु भएको थियो ।

तमु प्ये ल्हु संघ, जिल्ला समिति झापाको प्रथम अधिबेशनबाट मनोनित कार्यसमितिको नामावलीहरु:
१, अध्यक्ष – राम कुमार ल्हेंगे, २, प्रथम उपाध्यक्ष – श्याम क्रोम्छें तमु
३, दित्तीय उपाध्यक्ष – शान्ता क्रोम्छें तमुस्यो, ४, सचिव – रन्जित क्रोछें तमु
५, सहसचिव – सबिना ल्हेंगे तमुस्यो, ६, कोषाध्यक्ष – नर कुमार प्हच्यु तमु
७, सहकोषाध्यक्ष – ईन्द्र भुच्चा तमु, ८, सदस्य – बिर बहादुर तमु
९, सदस्य – निर्मला ल्हेंगे तमुस्यो, १०, सदस्य – सुजाता प्हच्यु तमुस्यो
११, सदस्य – अम्बर ल्हेंगे तमु, १२, सदस्य – उत्तम क्रोम्छें तमु
१३, सदस्य – शिरोमणी ल्हेंगे तमु, १४, सदस्य – पवित्रा क्रोम्छें तमुस्यो
१५, सदस्य – गोमा पंगी लम तमुस्यो, १६, सदस्य – श्रीलाल प्हच्यु तमु
१७, सदस्य – हेम भुच्चा तमु

सल्लाहकार समिति तथा विभिन्न विभागीय संयोजक संघको आउने बैठकले निर्णय गरि गठन गरिनेछ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments