Google search engine
Homeस्वास्थ्य | HEALTHतमु प्ये ल्हु संघले संघमा आबद्ध आफ्ना समाजहरुलाई आर्सनिक एलबम-३० औषधी...

तमु प्ये ल्हु संघले संघमा आबद्ध आफ्ना समाजहरुलाई आर्सनिक एलबम-३० औषधी नि:शुल्क वितरण

तमु प्ये ल्हु संघले संघमा आबद्ध आफ्ना  समाजहरुलाई आर्सनिक एलबम-३० औषधी नि:शुल्क वितरण 
असार ११, पोखरा । तमु प्ये ल्हु संघ केन्द्रिय समितिको समन्वयमा शरीरको कुनैपनि रोगसँग लड्नसक्ने क्षमता बढाउने शक्तिवर्धक औषधी आर्सनिक एल्बम-३० हिजो २०७७ असार १० गते पैयुँखोला तमु समाज पोखरा, तालबेंशी तमु समाज, तालबेंशी र मार्गेली तमु समाज, भकुण्डेलाई फ-लि-ना क्होइबो रानीपौवा शक्तिघाटमा वितरण गरेका छन ।

मानिसको शरीरमा रोग प्रतिरोधात्मक शक्ति उच्च बनाउन मद्दत गर्ने सो औषधी अल नेपाल होमियोप्याथिक एशोसियसनको गण्डकी प्रदेश समितिको व्यवस्थापनमा, तमु प्ये ल्जु संघको समन्वयमा, किरण होमियोप्याथिक रामबजारको सहयोगमा र पाइला फिल्मस प्रा.लि.को ब्यानरमा निर्मित गुरुङ चलचित्र ङ्हेल्स्यो (सैना) को सह-सहयोगमा समाजहरुलाई वितरण गर्दै आएको हो ।

समाजहरुले आफ्नो घरसंख्या नामावली उपलब्ध गराउनेहरु मध्ये स्याङ्जाली तमु समाज १३८, स्याङ्जा मनकामना पेल्काचौर ५३, लमजुङ डढुवा दुर्छा तमु समाज १०३, क्होला ट्हों धिं रामबजार ७१, शिवालय तमु समाज ८८, जनप्रिय तमु समाज ५९, क्होलादीप तमु समाज ५९, शान्त तमु स्माज ७०, सट्नेरी तमु समाज ८०, तालबेंशी तमु समाज ५२, मार्गेली तमु समाज ४५, म्होब्जे तमु परिवार १७, र पैयुँखोला तमु समाजलाई १९४ फेमेली प्याकेजको दरले सो औषधी वितरण गरिएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments