Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALटुर दि पोखरा २०२२ सार्वजनिक

टुर दि पोखरा २०२२ सार्वजनिक

आगामि पौष महिनामा हुने टुर दि पोखरा २०२२ को सार्वजनिक भएको छ । साइकल सिटी पोखराले आइतबार पोखरा न्यूरोड स्थित सिटी स्क्वायरमा एक कार्यक्रम वीच टुर दि पोखरा २०२२ बारे सार्वजनिक गरिएको हो । पोखरा महानगर पालिकाको सहकार्य तथा पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता २०७९ पौष ६ गते (२०२२ डिसेम्बर २१) गते विहान पोखराको रानीबन देखि सुरुवात हुनेछ । पौष ७ गते (डिसेम्बर २२) गते बाग्लुङ कालिका मन्दिर देखि विन्ध्यवासिनी मन्दिर सम्मको ७२ किलो मिटरको साइकल ¥याली गरिइने आयोजकले जनाएको छ । त्यसैगरी पौष ९ गते (डिसेम्बर २४) गते पोखरामा साइकल ¥याली गरिनेछ । ¥यालीमा १५ सय जनाको सहभागिता हुने अनुमान गरिएकोछ । पोखरा प्रदशनी केन्द्रबाट सुरुवात हुने ¥याली पृथ्वीचोक, सभागृहचोक, विपी चोक , सिद्धार्थचोक, हरिचोक लगायतका विभिन्न स्थान हुुँदै, पूनः प्रदर्शनी केन्द्रमा समापन गरिइनेछ ।

उक्त अवसरमा राष्ट्रिय कलाारहरुले सांगितिक कार्यक्रम प्रस्तुत् गरिनेछ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रमको लागि रु ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गनुभएको छ । यसैगरी साइकल सिटी पोखरासँग सहकार्य गर्दै अघि जाने र सकेको सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्तगर्नुभयो । साथै प्रमुख आचार्यले महानगर पोखरालाई पर्यटनको राजधानी घोषण गर्ने अभियानमा भएको जानकारी दिनुभयो । उहाँका अनुशार, अग्रेजी नयाँ वर्षको सुरुवात तथा नेपाली नयाँ वर्षको आगमनसँगै, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले भव्यकार्यक्रमका वीच, पर्यटन राजधानीको घोषणा गरिनेछ । जसका लागि पोखपरा महानगरपालिकासँग सम्पर्कमा रहेको १३ वटा देशका महानगरपालिका इच्छुक प्रतिनिधीहरुलाई पठाउनका लागि पत्रचार गरिएको उहाँले जानकारी दिनुभयो । साइकल सिटी पोखरालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजन गोङ्गजुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष प्रकाश वज्राचार्यले सञ्चालन गनुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments