Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONजनगणनामा तमूहरुलाई सजग गराउन तमु प्ये ल्हु संघ कास्कीको धम्पुस गाउँमा

जनगणनामा तमूहरुलाई सजग गराउन तमु प्ये ल्हु संघ कास्कीको धम्पुस गाउँमा

जनगणनामा तमूहरुलाई सजग गराउन तमु प्ये ल्हु संघ कास्कीको धम्पुस गाउँमा

धम्पुस, फाल्गुन २२ /मणी सरब्ज तमु

राष्ट्रीय जनगणना २०७८ मा तमूहरुलाई सजग गराउन तमु प्ये ल्हु संघ केन्द्रीय क्ल्हेप्री समितिका अध्यक्ष, शिक्षाविद एवं क्ल्हेप्री गुरु पैडी चिबा लोक बहादुर टु क्ल्हेप्री तमुको संयोजकत्व तथा अध्यक्षतामा शनिबार तमु प्ये ल्हु संघ केन्द्र, गण्डकी प्रदेश र कास्कीले होटेल प्याराडाइज भिउ धम्पुस कास्कीमा एक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

होटेल प्याराडाइज भिउ धम्पुस कास्कीमा भएको उक्त सचेतना कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिका अध्यक्ष सुकराज सरब्ज तमु, तमु प्ये ल्हु संघ कास्कीका अम्बर ल्हों तमूले सबै तमूहरुलाई पुर्खाको भाषा र मातृ भाषामा “गुरुङ”, जातमा “गुरुङ” र धर्मको महलमा “वोन” लेख्न र लेखाउन अनुरोध गर्नुभयो । हामी सबै तमूहरु यसरी सजग बनेर हाम्रो असली मौलिक धर्म संस्कार, भेषभूषा र भाषा र पुर्ख्यौली पहिचानको संरक्षण, सम्बर्द्धन तथा प्रचारप्रसार गर्नु पर्ने बताउनु भयो ।

 

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं ७ अध्यक्ष एवं तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिका संस्थापक सदस्य, भूपू सचिब र तमु प्ये ल्हु संघ केन्द्रिय क्ल्हेप्री समितिका भूपू सचिव सोम टु क्लेह्प्री तमुले आफ्नो गाउँ एवं वडामा ९०% बोंनबादी तमुहरु बसोबास गरेको जानकारी दिदै सबै तमूहरुले धर्मको महलमा “वोन” धर्म लेख्ने र लेखाउने अनुरोध गर्नु भयो ।

  

कार्यक्रममा तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद नेपालका केन्द्रीय सचिवालय सदस्य एव गण्डकी प्रदेश इन्चार्ज दल बहादुर त्होर्जे तमुले तमु(गुरुङ)को पहिचान भाषा भेषभूषा, धर्म संस्कारले दिन्छ | तमुको मौलिक पहिचान दिने भनेको तमुहरुको गुरु पच्यु, क्ल्हेप्री र बोन लम, प्ये ता ल्हु ता र बोन धर्मले दिन्छ, यसैले नेपाल सरकार संग अधिकार पाउनको लागि हामीले “वोन” धर्म लेख्नु पर्छ, र अन्य तमुहरुलाई पनि बोन धर्म लेख्न र लेखाउनको लागि प्रचारप्रसार गर्नु पर्छ भन्नु भयो |

  

कार्यक्रममा पोखराबाट धम्पुस आएका तमु प्ये ल्हु संघ केन्द्र, गण्डकी प्रदेश, कास्की जिल्ला समिति र कास्की जिल्ला महिला समितिका २५ जना पदाधिकारी र सदस्यहरुलाई निशुल्क दिउसोको खानाको प्रयोजन होटेल पिनाकल रेन्ज धम्पुसका संचालक डिल प्रसाद त्होर्जे तमुले गरेका थिए भने कार्यक्रम आयोजना गर्न प्याराडाइज होटलका संचालक अम्बर त्होर्जे तमुले निशुल्क हालको साथै खाजाको प्रयोजना गर्नु भएको थियो |

 
अन्तमा कार्यक्रमका संयोजक, अध्यक्ष एवं क्ल्हेप्री गुरु पैडी चिबा लोक बहादुर टु क्ल्हेप्री तमुले २०७८को जनगणनामा तमुहरुले पुर्खाको भाषा र मातृ भाषामा “गुरुङ”, जातमा “गुरुङ” र धर्मको महलमा बोन धर्म लेख्न र लेखाउन अनुरोध गर्दै कार्यक्रमको समापन गरेका थिए |

 

उक्त कार्यक्रममा वडा नं ७ धम्पुस गाउँका तमुहरुको बाक्लो उपस्थिति रहेको थियो | तमु प्ये ल्हु संघ केन्द्रिय समितिका सदस्य दिल कुमारी क्होला त्हार तमुले कार्यक्रममा आफ्ना मन्तब्य राखेको थिए भने कार्यक्रम संचालन  कास्की जिल्ला समितिका सचिव बिष्णु भुजा तमुले गरेको थियो |
 

फोटो एल्बम 

{AG}tpls-janaganana-2078{/AG}

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments