Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONजनगणनामा तमूहरुलाई सजग गराउन तमु प्ये ल्हु संघ, कास्कीको घान्द्रुक गाउँमा

जनगणनामा तमूहरुलाई सजग गराउन तमु प्ये ल्हु संघ, कास्कीको घान्द्रुक गाउँमा

जनगणनामा तमू(गुरुङ)हरुलाई सजग गराउन तमु प्ये ल्हु संघ, कास्कीको घान्द्रुक गाउँमा

घान्द्रुक, फाल्गुन २५ /मणी सरब्ज तमु
राष्ट्रीय जनगणना २०७८ मा तमूहरुलाई सजग गराउन तमु प्ये ल्हु संघ केन्द्रिय समिति, केन्द्रिय महिला एव युवा समिति, गण्डकी प्रदेश र कास्की जिल्ला समिति परिवारले घान्द्रुक गाउँमा एक सचेतना कार्यक्रम सम्पन्न गरेका  छन्  ।

 
तमु प्ये ल्हु संघ घान्द्रुक गाउँ ईकाई समितिको आयोजनामा इकाई अध्यक्ष प्रेम प्हच्यु तमुको अध्यक्षता एवं केन्दीय अध्यक्ष हितकाजी टु तमुको प्रमुख अतिथ्यमा भएको उक्त कार्यक्रममा तमु प्ये ल्हु संघको केन्द्रिय परम सम्रक्षक, तमु प्ये ल्हु संघ काठमाडौँका अध्यक्ष एवं पूर्व प्रहरी महानिरीक्षक (IGP) हेम बहादुर त्होर्जे तमुले अब हुन गइरहेको राष्ट्रिय जनगणना २०७८, तमु(गुरुङ)हरुको लागि कतिको महत्व छ, किन सहभगिता हुनु पर्छ? सहभगिता भए वा नभए तमुहरुलाई के फाइदा बेफाइदा छन् ? भन्ने बारेमा  जानकारी गराउदै सबै तमूहरुलाई पुर्खाको भाषा र मातृ भाषामा “गुरुङ” कोड नं १३ , जातमा “गुरुङ” कोड नं १३ र धर्मको महलमा “वोन”कोड नं ७ लेख्न र लेखाउन अनुरोध गर्नुभयो ।  सबै तमूहरु यसरी सजग बनेर हाम्रो असली मौलिक धर्म संस्कार, भेषभूषा, भाषा र पुर्ख्यौली पहिचानको संरक्षण, सम्बर्द्धन तथा प्रचारप्रसार गर्नु पर्ने बताउनु भयो ।

 

कार्यक्रममा विषेस अतिथी तमु(गुरुङ) प्ये तँ ल्हु ता तँ ज्ञाता एवं बरिष्ठ अधिवक्ता दीपक गुरुङ (दीपक प्ल्हन लेम / लामिछाने गुरुङ)ले तमु(गुरुङ) जातिको इतिहाँसको जानकारी गराउदै गुरुङ एकता हुनु पर्छ | गुरुङ जातिमा ४ र १६ जाति छैन र ठुलो सानो जाति भन्ने पनि छैन | गुरुङ जातिमा कुगी(नौ थर), सोंगी(३ थर कोन{घोताने}, लम्{लामा}, लेम{लामिछाने} र क्ल्हे{घले थर} छन् | सोंगी(३ थर कोन{घोताने}, लम्{लामा}, लेम{लामिछाने} जन्माउने आमा कुगी त्होर्जे थरको छोरी हुन् भन्नु भयो | गुरुङ जातिमा ४ र १६ जाति र ठुलो जाति सानो जाति भन्ने छैन तर पछी पण्डित शेखार नाथले गुरुङको मनगडान्त नक्कली बंशावली बनाएर गुरुङलाई विभाजन गराएको हो | गुरुङहरु प्रकृति र पितृ पुजक हुन् यसैले बोन धर्मालम्बी हुन् | तमु(गुरुङ) सबै एकै हुन् यसले सबै तमु एक भएर तमु(गुरुङ)को धर्म, संस्कार, संस्कृति, भाषा, भेषभूषाको संरक्षण, सम्बर्द्धन गर्नु पर्छ भन्नु भयो |

 

कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिका महासचिव पबित्र प्हच्यु तमुले जनगणमा गणकहरु आउदा हामीले कुन ठाउँमा र कहाँ के लेख्नु पर्छ भनेर प्रशिक्षण गरेको थियो भने तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी टु तमु, बरिष्ठ अध्यक्ष आइ बहादुर ल्हेंगे र संघका जिल्ला समितिका कार्यबाहक अध्यक्ष निम प्हच्यु तमुले जनागणनमा तमु प्ये ल्हु संघले गुरुङको मौलिक धर्म बोन धर्म लेख्ने जानकारी दिलाउदै धर्मको महलमा बोन धर्म लेख्न र लेखाउन अनुरोध गर्नु भयो |

कार्यक्रम एवं तमु प्ये ल्हु संघ घान्द्रुक गाउँ ईकाई समितिका अध्यक्ष प्रेम प्हच्यु तमुले ईकाई समितिको गतिविधि जानकारी गराउदै अब हुने जनगणनमा घान्द्रुक गाउबासिहरुलाई धर्मको महलमा बोन धर्म लेख्न अनुरोध गर्नेछु भन्नु भयो, अब छिट्टै घान्द्रुक गाउँमा तमु क्होईबो(मन्दिर) निर्माण हुने पनि जानकारी गराउनु  भयो |

कार्यक्रममा तमु प्ये ल्हु संघ घान्द्रुक इकाई समितिले संघको केन्द्र, प्रदेश र कास्कीका पदाधिकारी र बिसिष्ठ अतिथिहरुलाई मायाको चिनो क्होईबो र भाँङ्ग्रा प्रदान गरि सम्मान गरेको थियो |

संघका घान्द्रुक इकाई समतिले पोखराबाट घान्द्रुक आएका तमु प्ये ल्हु संघ केन्द्र, केन्द्रीय महिला र युवा समिती, गण्डकी प्रदेश, कास्की जिल्ला समिति र कास्की जिल्ला महिला समितिका २४ जना पदाधिकारी र सदस्यहरुलाई निर्माण हुनलागेको घान्द्रुक क्होईबो स्थल र घान्द्रुक गाउँको भ्रमण गराई क्लाउड 9 होटेलमा दिवाभोजन गराएका थिए |

 

कार्यक्रममा घान्द्रुक गाउँबासीहरुको बाक्लो उपस्थीती रहेको थियो | कार्यक्रमको प्रत्यक्ष प्रशारण(Facebook LIVE) कोषाध्यक्ष रत्न गरब्ज/योज तमुले गरेका थिए भने  संचालन संघका घान्द्रुक ईकाई समितिका सचिव विभिमाया पाल्जे/थिम्जे तमुले गरेका थिए |

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments