Google search engine
Homeसमाचार | NEWSविश्व | WORLDचिनियाँ र फ्रान्सेली राष्ट्रपतिबीच भेटवार्ता

चिनियाँ र फ्रान्सेली राष्ट्रपतिबीच भेटवार्ता

बाली, चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार बिहान फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेटवार्ता गर्नुभएको छ।

विगत तीन वर्षमा दुई पक्षले विभिन्न माध्यमबाट घनिष्ठ सम्बन्ध बनाएको बताइएको छ । यसै कारण चीन–फ्रान्स सम्बन्धले विकासको सकारात्मक गतिलाई कायम राखेको छ । यी दुई नेताले देशले महत्त्वपूर्ण सहयोगमा सकारात्मक प्रगति गरेको कुरा औंल्याउनुभएको छ ।

हाल विश्व रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै सीले बहुध्रुवीय विश्वका दुई महत्त्वपूर्ण शक्ति चीन र फ्रान्स, चीन र ईयूले स्वतन्त्रता र स्वायत्तताका साथै खुलापनको भावनालाई पालना गर्नुपर्ने बताउनुभएको छ । द्विपक्षीय सम्बन्धलाई सही मार्गमा स्थिर प्रगति गर्न र विश्वमा स्थायित्व र सकारात्मक ऊर्जा सहयोग गर्न पनि उहाँहरुबीच वार्ता भएको समाचारमा जनाइएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments