Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALचन्द्र कुमारीको उपचारका लागि टु क्ल्हेप्री भाईखलक बाट करिब दुई लाख सहयोग

चन्द्र कुमारीको उपचारका लागि टु क्ल्हेप्री भाईखलक बाट करिब दुई लाख सहयोग

चन्द्र कुमारीको उपचारका लागि टु क्ल्हेप्री भाईखलक बाट करिब दुई लाख सहयोग

पोखरा । माटोको ढिस्कोले पुरिएर घाइते भएकी चन्द्र कुमारी गुरुङलाई टु क्ल्हेप्री भाईखलक द्वारा करिव दुई लाख आर्थिक सहयोग गरेको छ । टु क्ल्हेप्री भाइखलक युके ले संकलन गरेको रु.१,७२,३६० र नेपाल बाट रु. २७,००० गरी जम्मा रु. १,९९,३६० गत बिहीबार पोखरामा तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष तथा टु क्ल्हेप्री तमु ह्युल नेपाल कास्कीका अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमु ले घाईते चन्द्र कुमारी गूरुङलाई हस्तान्त्रण गरेको हो ।

उनी लम्जुङको क्होलासोंथर गाउँपालिका ( ४, भुजुङ निवासी पारग्रोई गुरुङको माइली छोरी हुन् ।

छोरी चन्द्र कुमारी गुरुङ गत बैशाख २१ गत माटोको ढिस्कोले पुरिएर घाइते भएकी थिईन् । घाईते चन्द्रमायाको पोखरा स्थित मणिपाल हस्पिटलमा उपचार भैरहेको छ । उनको तीन ठाउँको हाडजोर्नीमा र फोक्सो मांसपेशी विच भागमा गम्विर चोट लागेको डाक्टर ले जनाएको छ । डाक्टरको सल्लाह अनुसार दुई तिन ठाउँमा मेजर अपरेशन गर्नु पर्ने बताए पछि आफ्नो घरको अर्थिक स्थिति एक्दमै नाजुक रहेको कारण उपचार खर्च जुटाउन समस्या भएकोले घाईतेकी बाबाले आफ्नो भाईखलक टु क्ल्हेप्री तमु ह्युल नेपाल कास्कीका अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुलाई धेरथोर सहयोग गरिदिन अनुरोध गरेका थिए ।

टु क्ल्हेप्री तमु ह्युल नेपाल कास्कीका अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुको पहलमा उक्त सहयोग रकम संकलन गर्न सफल भएका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments