ग्रीन तारा समाजद्वारा विश्व आदिवासी दिवसका दिन एक सय घर परिवारलाई राहत वितरण
नयाँ दिल्ली, 10 अगस्त , खुम गुरुङ
दिल्लीमा नेपालीहरुको सामाजिक संगठन ग्रीन तारा समाजले 26 औं विश्व आदिवासी दिवसका दिन राहत सामग्री वितरण गरेको छ । समाजले नयाँ दिल्लीको बिबेकानन्द क्याम्प-२, चन्द्रगुप्ता मार्ग, चाणक्यपुरीमा 100 घर परिवारलाई आवश्यक खाद्य सामग्री वितरण गरेको हो ।
कोरोना महामारीका कारण मजदूर वर्ग मानिसहरुलाई खाद्य सामग्रीको अभाव भएको अवस्थालाई ध्यानमा राख्दै राहत सामग्री वितरण गरिएको हो । समाजसेवी प्रधान के.के.गोपीको रोहवरमा ग्रीन तारा समाजकी अध्यक्ष मैना तमाङ, उपाध्यक्ष ईरिता श्रेष्ठ, द्वारिका तमाङ, दिपसिखा राई, कार्यकारी सदस्य कृष्ण गुरूङ साथै सक्रीय सदस्यहरु तेजु ग्लेन लामा, गंगा थापा, मिलन, सबिता लगायतको टोलीले चाणक्यपुरीमा 1 सय घरपरिवारलाई दैनिक उपभोग्य वस्तुहरु वितरण गरेको हाम्रा संवाददाता खुम गुरुङले बताउनु भएको छ ।
क्षेत्रका नेपाली र भारतीय दुवै समूदायलाई राहत वितरण गरिएको थियो । सो क्षेत्रमा रहेका विपन्न परिवारले कोरोना महामारीका कारण खाद्यान्नको समस्या भएको बताएपछि आफुहरुले विश्व आदिवासी दिवसका दिन सो सहयोग गरेको समाजले बताएको छ । ग्रीन तारा समाजले यसअघि लकडाउनका क्रममा पनि भोकभोकै रहन बाध्य भएकाहरुलाई राहत सामग्री वितरण गरेको थियो ।