Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALगोर्खा मिडिया डट कमबाट गुरुङ, पुन र लामा सम्मानित

गोर्खा मिडिया डट कमबाट गुरुङ, पुन र लामा सम्मानित

गोर्खा मिडिया डट कमबाट गुरुङ, पुन र लामा सम्मानित

पोखरा, ३० पुस | युकेबाट संचालित गोर्खा मिडिया डट कमले आफ्नो वार्षिकोत्सवको अवसरमा सँस्कृतिकर्मी गमबहादुर गुरुङ(गजेन्द्र), लोकगायिका नन्दा पुन, प्राविधीक क्षेत्रका वेज डिजाइजर ओम लामालाई सम्मान गरेको छ।

गत भदौ २९ गते एक वर्ष पुरा गरी दोश्रोवर्षमा प्रवेशको अवसरमा जुम भचुअल मार्फत प्रथम वार्षिकोत्सव मनाएको गोर्खा मिडिया डट कमले शुक्रवार पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा कला संस्कृति क्षेत्रका गुरुङ, लोक गायनतर्फबाट पुन र प्राविधीक क्षेत्रबाट लामालाई कार्यक्रमका प्रमुख अतिथि गोर्खा मिडियाका सल्लाहकार एव तमु प्ये ल्हु संघका सल्लाहकार प्रमुख मेजर खुशीमान गुरुङ, मिडियाका प्रवन्ध निर्देशक मिलन तमुले नगदसहित सम्मानपत्र, दोसल्लाबाट सम्मान गरिएको हो। यसरी नै कार्यक्रममा मिडियाका सल्लाहकारहरु मे.खुशीमान गुरुङ, सल्लाकार एवम सम्पादक हुमबहादुर गुरुङ, सल्लाहकार दिपेन्द्र श्रेष्ठ र सल्लाहकार सुदर्शन रञ्जितलाई समेत सम्मान गरिएको थियो।

सत्य तथ्य, ताजा समाचार सम्प्रेषणसहित सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्धेश्यसहित सञ्चालित मिडियाको वार्षिकोत्सवमा घोषित विविध क्षेत्रका स्रष्टाहरुलाई सम्मान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि मे.खुशीमान गुरुङले लामो समयदेखि फोटो ग्राफरसहित मिडियाकर्मीको रुपमा सक्रिय मिलन तमुले युकेबाट संचालन गरेको गोर्खा मिडिया डट कमले पहिलो वर्षमै राम्रो सफलता हासिल गर्दै सामाजिक सेवामा समर्पित हुदै उदाहरण प्रस्तुत गरेको बताउनुभयो। गोर्खा मिडियाले आफ्नो मिडिया क्षेत्रको भुमिकासँगै सामाजिक एवम मानवीय सेवामा योगदान दिदै अघि बढ्नु समाजका लागि मिडिया भन्ने अत्यन्तै सह्रानीय सन्देश दिन सफल रहेको उहाँले बताउनुभयो। मिडियाको नाम गोर्खा मिडिया राखिए पनि गोर्खा मिडिया डट कम सबैको भावना सम्बोधन गर्ने संचार माध्यम बनेको भन्दै उहाँले प्रसंशा गर्नुभयो।

कार्यक्रममा सम्मानित गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य गमबहादुर गुरुङ(गजेन्द्र)ले लामो समय कला एवम साँस्कृतिक क्षेत्रमा लागे पनि गोर्खा मिडियाको सम्मानले आफुहरु अत्यन्तै खुशी भएको बताउनुभयो। उहाँले कला सँस्कृतिको समर्पण रहदा धेरै पटक अपमानित हुनुपरेको तिक्तताहरु रहे पनि गोर्खा मिडियाको मुल्यांकन अविष्मरणीय रहने बताउनुभयो।

कार्यक्रममा मिडियाका सल्लाहकार, एमरेष्ट मिडियोका प्रमुख कार्यकारी दिपेन्द्र श्रेष्ठले वरिष्ट फोटो पत्रकार मिलन तमुको लगाव र परिश्रमले स्थापित गोर्खा मिडियाको सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले गोर्खा मिडिया छोटो समयावधि मै उत्कृष्ठ मिडियाको रुपमा अघि बढिसकेको भन्दै प्रसंशा गर्नुभयो।

गोर्खा मिडिया डटकमका प्रवन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा भएको कार्यक्रममा मिडियाका सम्पादक तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने गण्डकी प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य जसु गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments