गुरुङ पर्यटन व्यवसायीसंघ गण्डकी प्रदेशले एक कार्यक्रम वीच नवनिर्वाचित सांसदहरुलाई सम्मान तथा वधाई ज्ञापन गरेको छ । हि ल्होसार÷ल्होछार (विरालो वर्ग) को अवसरमा शुभकामना आदनप्रदान गर्नुका साथै नवर्विाचित संघ र प्रदेश सांसदहरुहरुलाई बधाइ समेत ज्ञापन गरिएको हो । गुरुङ पर्यटन व्यवसायीसंघ गण्डकी प्रदेशका अध्यक्ष किसम कुमारी गुरुङ, संस्थापक अध्यक्ष बोबरजंग गुरुङ लगायतले सांसदहरुलाई वधाई ज्ञापन पत्र र खादाले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा सांसद मनबहादुर गुरुङ, गण्ोशमान गुरुङ, पञ्चराम गुरुङ, डाक्टर टकराज गुरुङ, मुनेन्द्रजंग गुरुङ र सरस्वती गुरुङ लगायतको सहभागिता रहनुभएको थियो । सम्मान पछि, समग्रह रुपमा उहाँहरुले पछाडी पारिएका सामुदायहरु सवैको हक अधिकार सुनिश्चितका लागि पहल गर्नेबारे जोड दिनुभयो । कार्यक्रमको अवसरमा गुरुङ पर्यटन व्यवसायीसंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल अन्वेषण तथा खोजका लागि कास्की मादी गाउँपालिकाले २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । त्यसैगरी मस्र्याङदी, चामे, र क्होला सोंथर गाउँपालिकामा पनि प्रपोज्वल बुझाउने तयारी गरिएको छ ।
प्राराम्भिक चरण अध्यायन अनुसन्धान गरी, हेरिटेज ट्रेकिङ ट्रेल रुटमा वसोवास गरिएको गुरुङ सामुदायहरुको वस्ती रहेको गाउँपालिकालाई प्रपोज्वल बुझाइनेछ । मुलुकको मानव सीप र श्रोतलाई मुलुकमै सदुपायोग गर्न, पर्यटन क्षेत्रमा नयाँ संभावनाको खोजीका लागि, मुलुकलाई विश्वमा उत्कृष्ट पर्यटक गन्तव्य स्थलको रुपमा चिनाउनु लगायतका उद्देश्य भएको गुरुङ पर्यटन व्यवसायीसंघ गण्डकी प्रदेशका महासचिव टुल बहादुर गुरुङले जानकारी दिनुभयो ।