नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेश र बागमती प्रदेशले विजयी शुरुवात गरेका छन् । आइतबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई मधेश प्रदेशले र सुदुर पश्चिमाञ्चललाई बागमती प्रदेशले हराएका हुन । मधेशले गण्डकी प्रदेशलाई ४० रनकोे अन्तरले पराजित गरेको थियो भने, मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटिएको आयोजकले जनाएको छ । गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक रन बन्न पुग्यो । अन्य कुनैपनि व्याट्सउमनले दोहोरो आँकडाको योगफल जोडन सकेन ।ओपनर सृजना पौडेलले ३६ बलको सामना गर्दै ७ बनाउनुभयो ।
अर्की ओपनर कुसुम गोदार पहिलो बलमा नै एलबीडब्लु धरापमा पर्दै पवेलिएन फर्किनुभयो । त्यसैगरी ज्योत्सिना मरासिनी ५ रन जोड्ने क्रममा रन आउट हुनुभएको थियो । कप्तान सृष्टि जैसी ३ तथा अञ्जली विश्वकर्मा र सिमाना केसी समान २ रनमा आउट हुनुभएको थियो । त्यसैगरी सुजिता थापा र श्रद्धा गुरुङ शुन्यमै आउट हुनुभएको थियो । मधेश प्रदेशकी अनुराधा चौधरीले आफ्नो स्पेलमा १ मेडन राख्नुहुँदै, ८ रन खर्चेर ४ विकेट लिनुभयो । कविता गौतम र शान्ती चौधरीले समान २ विकेट लिनुभएको थियो भने, सन्तोषी चौधरीले एक विकेट लिनुभएको थियो । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य र राष्ट्रिय देलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नुभएको थियो ।