Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNकोरोना संक्रमणबाट पोखराका पूर्वगोरखा सैनिक श्रेष्ठको लण्डनमा मृत्यु

कोरोना संक्रमणबाट पोखराका पूर्वगोरखा सैनिक श्रेष्ठको लण्डनमा मृत्यु

लण्डन । कोराना संक्रमणबाट दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा बसोबास गर्दै आएका पूर्व गोरखा सैनिक लक्ष्मण श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठ ज्वरो आएपछि घरमै आइसोलेसनमा बसिरहेका थिए । यस्तैमा एक दिन सुन्तला खाँदा सुन्तलाको दाना सर्केपछि उनलाई श्वास फेर्न गाह्रो भएको थियो । त्यसपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा जचाउँदा उनमा कोरोना पोजिटिभ देखिएपछि त्यही भर्ना गरी उनको उपचार हुँदै आएको थियो ।

श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा रहेका छन् । श्रेष्ठका परिवार आइसोलेसनमा बसिसकेको र अहिले स्वास्थ्य अवस्था ठीक रहेको बताइएको छ ।

उनको पुर्ख्यौली घर स्याङ्जा भई हाल पोखरामा बसोबासरत थिए । (वीनेपाली)

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments