Google search engine
Homeसमाचार | NEWSव्यापार | BUSINESSकोभिड बढ्न नदिन पर्वतको यस्तो तयारी

कोभिड बढ्न नदिन पर्वतको यस्तो तयारी

पर्वत : कोभिड–१९ को तेस्रो लहरको रूपमा देशभर संक्रमण पुनः बढ्न थालेको छ। यस्तो अवस्थामा तीनै तहका सरकार र सम्बन्धित निकायहरूले आ–आफ्नै तयारी थालेका छन्।

नेपालमा पनि दैनिक जसो संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको बेलामा आफूहरूले पनि सोही अनुसारको तयारी गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन्।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित संक्रमण बढ्दै जाँदा अवस्थालाई नियन्त्रणमा राख्‍न जिल्ला प्रशासन कार्यालय पर्वतले आठ बुँदे निर्देशन जारी गरिएको तथा संक्रमण नियन्त्रण गर्न तयारीस्वरूप विभिन्न तयारीहरू भइरहेको उनको भनाइ छ।

‘जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकबाट सिफारिस भएअनुसार आउँदो ३० गते राती १२ बजेदेखि लागू हुने गरी विभिन्न निर्देशनहरू दिइएको छ,’ प्रजिअ खत्रीले भनिन्, ‘यसबाहेक अन्य विभिन्न कामहरू गर्ने गरी पनि तयारी गरिरहेका छौँ। संक्रमणलाई सामान्य रूपमा नलिन र तोकिएका मापदण्डहरू पालना गर्न सबैमा अनुरोध छ।’

उनका अनुसार भौतिक रूपमा २५ जनाभन्दा बढी व्यक्ति उपस्थित भई कुनै प्रकारका तालिम, गोष्ठी, सेमिनार, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, मेलालगायत कार्यक्रम गर्न निषेध गरिएको छ।

आउँदो माघ सात गतेदेखि कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल लगायतका भिडभाड हुने ठाउँमा प्रवेश गर्दा अनिवार्य रूपमा खोप कार्ड देखाउनुपर्ने भनिएको छ। यस्तै, विद्यालयको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार गर्ने तथा क्याम्पस लगायतका सबै प्रतिष्ठानका पूर्व निर्धारित परीक्षाहरू जनस्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने गरी बसाई व्यवस्थापन गरेर सञ्चलन गर्न भनिएको छ।

प्रजिअ खत्रीले संक्रमण बढ्न नदिन स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर खोप केन्द्रहरूमा नियमित रूपमा खोप अभियान चलाउने तथा भएकोलाई थप प्रभावकारी बनाइएको बताइन्।

सदरमुकाममा मात्रै केन्द्रित हुँदा ग्रामीण क्षेत्रहरूमा जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य कार्यालयकै सहयोगमा जिल्लाका सात वटै स्थानीय तहमा कम्तीमा पनि एक-एक स्थानमा निःशुल्क एन्टिजेन टेष्ट बुथ स्थापना गरी परीक्षणको दायरा फराकिलो पार्ने तयारी भइरहेको उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयले उद्योग कलकारखाना, व्यापार व्यवसाय, बैंक तथा वित्तीय संस्थाहरू लगायतले निर्धारित मापदण्ड पूरा गर्न निर्देशन दिँदै सवारीका चालक सहचालक र यात्रुले मास्कको प्रयोग गरेको हुनुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्‍न नपाइने, हरेक सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गरिएको हुनुपर्ने तथा सावरीलाई दैनिक रूपमा निसङ्क्रमण गरेको हुनुपर्ने भनिएको छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments