Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALकान्तिपुरकर्मी गुरुङलाई लोकबहादुर गुरुङ स्मृति पुरस्कार

कान्तिपुरकर्मी गुरुङलाई लोकबहादुर गुरुङ स्मृति पुरस्कार

पोखरा, १८ पुस । यस वर्षको लोकबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी आश गुरुङलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष समेत रहेका गुरुङलाई पोखरामा शनिबार एक कार्यक्रमकाबीच लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी ३५ हजार रुपैयाँ रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम), गण्डकी विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङ, लोकबहादुरपत्नी सीता गुरुङ, छोष अभिषेकलगायतले भाङ्ग्रा ओढाउनुका साथै फेटा गुथाएर खदा, मालासहित सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

वरिष्ठ संस्कृतिकर्मी, चलचित्र निर्देशक, गीतकार तथा संगीतकार एवं तमू संसार त्रैमासिक पत्रिकाका संस्थापक प्रधान सम्पादक तथा प्रकाशक लोकबहादुर गुरुङको छैटौं स्मृति दिवसको अवसर पारेर उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष वेदबहादुर श्यामले बताए । उनका अनुसार लोकबहादुरको छैटौं स्मृति दिवस भदौ १९ गते भए पनि कोरोना जोखिका कारण रोकिएको कार्यक्रम पुस १८ गते शनिबार आयोजना गरिएको हो ।

पुरस्कृत गुरुङ २०५९ बाट निरन्तर पत्रकारितामा क्रियाशील छन् । गुरुङ तथा नेपाली समुदायलाई पत्रकारिताको क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको प्रतिष्ठानकी सचिव रोशनी गुरुङले बताइन् ।

प्रतिष्ठानले हरेक वर्ष भदौ १९ गते लोकबहादुर गुरुङको स्मृति दिवसको अवसर पारेर एक जना व्यक्ति वा स्रष्टालाई सम्मान गर्दै आएको छ । पोखराबाट प्रकाशित हुँदै आएको तमू संसार त्रैमासिक पत्रिका र लमजुङको अन्तरंग साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरुवात गरेका गुरुङले स्थानीय र राष्ट्रिय गरी दर्जनौ सञ्चार माध्यममा काम गरिसकेका छन् ।

पत्रकार गुरुङ पछिल्लो समय गीत लेखनमा पनि क्रियाशील छन् ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments