Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALएक दिने अभिमुखिकरण कार्यक्रम समापन

एक दिने अभिमुखिकरण कार्यक्रम समापन

सार्वजनिक वा निजि समन्वय र सम्बन्धको प्राबधान बारेमा दलित महिलाहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम समापन भएको छ । विभिन्न संघसंस्था तथा स्थानीय सरकारसँग कसरी समन्वय गरी अघि वढ्ने भन्ने उद्देश्यले दलित महिला संघ (फेडो) कास्कीले कार्यक्रमको आयोजना गरिएको हो । आइतबार पोखरामा भएको कार्यक्रमको उद्घाटन गर्नुहुँदै, प्रमुख अतिथि कार्यपालीका सदस्य हरीमाया विश्वकर्माले दलित सामुदायको हक र अधिकारका लागि सवै एक हुनुपर्ने बारे बोल्नुभएको थियो ।

साथै समाजमा भएका छुवाछुत अत्यका लागि, सरकारी तथा गैर सरकारी संघसंस्थासँग समन्वय गरी सचेतनामुलक कार्यक्रमको अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम विशेष अतिथि फेडो कास्कीका सल्लाहाकार लक्ष्मी खातीले अरुको अधिकारलाई हनन् नहुने गरी आप्mनो अधिकार मागेर हैन, खोसेर लिनुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न सञ्जालका २५ जना महीलाहरु सहभागि रहनुभएको थियो । दलित महिला संघ कास्की (फेडो)का अध्यक्ष सुमित्रा गायकको अध्यक्षतामा भएको कार्यक्रम संयोजक ईश्वरी विकले सञ्चालन गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments