आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीको अध्यक्षमा नवीन तमू निर्वाचित
१९, पौष २०७८ | मनु कोन्मे तमु, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका तमुहरुले (गुरुङ) सामुहिक तमु ल्होसार बाह्रबिसे नगरपालिका वडा नं.२ काभ्रे तमु टोलमा भव्यरुपमा मनाउने भएको छ।
उक्त तमु (गुरुङ) तो ल्होसार कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहुचर्चित अतिथि कलाकारहरु गायक गणेश तमु, गायक पृथ्वी तमु, गायिका सपना तमु, गायक आइतराम तमु र जादुगर शेर बहादुर तमुको प्रस्तुतिका साथ स्थानीय कलाकारहरुको बिजोड प्रस्तुति रहने भएको छ।
कार्यक्रम बाह्रबिसे नगरपालिकाका प्रमुख निमोफुन्जु शेर्पाको प्रमुख आतिथ्यमा र तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका अध्यक्ष रबि तमु,नेपाली कांग्रेसका सिन्धुपाल्चोक क्षेत्र नं.१ प्रदेशसभा (क) का क्षेत्रीय सभापति आङदोर्जे शेर्पा र वडा नं.२ का वडाध्यक्ष बम बहादुर तामाङको बिशेष आतिथ्यमा सम्पन्न हुने भएको छ।
सिन्धुपाल्चोक जिल्लाको ४२ (बयालिस) गाउँका तमुहरु (गुरुङ ) मिलि गत वर्ष देखी तमु ल्होसार कार्यक्रम पालै पालो छुट्टै छुट्टै स्थानमा मनाउने निर्णयका साथ यो बर्ष तमु ल्होसार कार्यक्रम बाह्रबिसे नगरपालिका वडा नं. २ को काभ्रे तमु टोलमा तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका वरिष्ठ उपाध्यक्ष धन बहादुर तमु (डिबि) को संयोजकत्वमा मनाउने तमु चलचित्रका निर्माता एवं नायक एवं तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका सदस्य भिजन तमुले बताएका छ्न साथै सम्पुर्ण तमु (गुरुङ) तथा गैर तमुहरुमा गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा समेत गरेको छ।