गोरखाको पालुङटार नगरपालिका वडा नं ४ स्थित आदर्श युवा क्लवको आज भएको बार्षिक साधारणसभाबाट दिपक गुरुङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।
त्यसैगरी उपाध्यक्षमा सम्झना लामिछाने, सचिवमा विमल भण्डारी, कोषाध्यक्षमा ईश्वर पाैडेल र सदस्यहरूमा सिताराम परियार, प्रकाश गिरी र सरिता देवकाेटा चयन भएका छन् ।
क्लबले बिगत लामाे समयअघिदेखि खेलकुद क्षेत्रमा महत्वपूर्ण याेगदान पुर्याउँदै आइरहेकाे छ । नवनिर्वाचित अध्यक्ष गुरूङले आगामी दिनहरूमा क्लबकाे गरिमालाइ उच्च बनाउने याेजना ल्याउने बताउनुभएकाे छ ।
Gorkhasansar