Homeसमाचार | NEWSखेलकुद | SPORTSपर्वत क्लब हङकङको वार्षिक कार्यक्रम तथा आठौँ महिला, नवौं खुल्ला पुरुष भलिबल...

पर्वत क्लब हङकङको वार्षिक कार्यक्रम तथा आठौँ महिला, नवौं खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५

हङकङ,०२ मार्च 

पर्वत क्लब हङकङ द्धारा आयोजित जानकारी सभा याक एण्ड यति रेष्टुरेण्ट जोर्डन मा सम्पन्न भएको छ । उक्त कार्यक्रममा पर्वत क्लब हङकङ द्धारा आयोजन गर्न गइरहेको आठौॅ महिला तथा नवौॅ खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ अप्रिल २० तारिख चुन मुन बटरफ्लाई बिच स्थित भलिबल खेलमैदानमा आयोजना गर्ने घोषणा गरेको छ।

हङकङमा रहेका पर्वत सँग आवद्ध संघ संस्थाहरु र पर्वतवासि तथा गैर पर्वतवासिहरुको विशेष उपस्थिति रहेको थियो । जानकारी सभाका कार्यक्रमका प्रमुख अतिथि दुर्लुङ सम्पर्क मञ्च हङकङका अध्यक्ष पर्वत कुमार गुरुङ, विशेष अतिथि पर्वत मञ्चका अध्यक्ष दुर्गा गुरुङ मिलन ,पर्वत पुन मगर समाज हङकङका अध्यक्ष समरस पुन मगर, पञ्चासे सहयोग समिति हङकङका प्रतिनिधि भगत गुरुङ,आर्थर डाँडाखर्क सहयोग समिति हङकङका प्रतिनिधि तेज गुरुङ,पैयुँखोला समाज हङकङका प्रतिनिधि सुरेश सेन र भुरुङ्दी स्यो समाज हङकङका प्रतिनिधि कुमार गुरुङ साथै पूर्व नेपाली राष्ट्रिय भलिबल खेलाडी तथा पूर्व नेपाल पुलिस क्लबका खेलाडी साथै वर्तमान पर्वत क्लब हङकङका खेलाडी सञ्जय अर्यालको आतिथ्य रहेको थियो । उक्त कार्यक्रमलाई पर्वत क्लब हङकङका सदस्य नारायण गुरुङ तथा मनोज गुरुङले क्लबको तर्फबाट स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम उद्दघाटन क्लबका कार्यवहाक अध्यक्ष,प्रमुख अतिथि द्धारा गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न अतिथिहरुले कार्यक्रम भव्यसव्य सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा झन्दै १ लाख ५० हजार हङकङ डलर उठेको थियो । पुरुष तर्फको प्रथम पुरस्कार हङकङ डलर १४,००० पर्वत पैयुखोला समाजका सक्रिय सदस्य, समाजसेवी सोनु गुरुङ, द्धितिय पुरस्कार ८ हजार हङकङ डलर, पञ्चासे समिति हङकङ र महिला तर्फको द्धितिय पुरस्कार ५ हजार डलर पर्वत मञ्च हङकङले गरेका छन् ।

उक्त कार्यक्रमलाई पर्वत क्लब हङकङका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष दुर्गा थापा द्धारा सो कार्यक्रममा उपस्थित हुने विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, खेलाडि भाई बहिनीहरु, पत्रकारहरुलाई र सहयोगी दाताहरुलाई धन्यवाद दिदै भविश्यमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रम संचालन तिलक गुरुङले गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments