Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALआचर संहिता अनुगमन समितिमा १७ उजुरी

आचर संहिता अनुगमन समितिमा १७ उजुरी

निर्वाचन आचर संहिता अनुगमन समितिको तथ्यांक अनुसार बुधबार सम्म जम्मा १७ वटा उजुरी परेका छन् । सामाजिक सञ्जालसँग प्रयोग संवन्धी र ठूलो बोर्ड, लाउट स्पिकर लगाइएको लगायतका बारे उजुरी परेको गण्डकी प्रदेश निर्वाचन कार्यलय पोखराका प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिएका छन् ।

अधिकारी पराजुलीका अनुसार कसैलाई कानुन अनुसार कावाही गरिएको छ भने, कसैलाई सम्बिन्धित दलमार्फत र सम्वन्धीत उम्मेदवारलाई नै फोन सम्पर्क गरी तत्कालै हताउन निर्देशन दिइएको छ । निर्देशन अनुसार उनीहरुले पनि बोर्ड, लाउट स्पिकर लगायतका सामग्री हटाइएको छ । अनुगमनको क्रममा लाउट स्पिकर लगाउनेहरुलाई स्पिकर झिकेर सम्वन्धीत निकायमा बुझाउने र सम्फाउने कार्य समेत भइरहेको उनले बताए । गएको वैशाख ३० गते भएको स्थिानिय तहको निर्वाचनको तुलनामा अहिले कास्की जिल्लामा आचर संहिताको राम्रो कार्यन्वयन भएको पाइएको समेत पराजुलीले बताउनुभयो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments