Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALअष्ट्रेलियन नागरिक डा.स्याली नोम्स सम्मानीत

अष्ट्रेलियन नागरिक डा.स्याली नोम्स सम्मानीत

अष्ट्रेलियन नागरिक वीन विल्डरनेस कम्युनिटी अष्ट्रेलियाका प्रमुख डा.स्याली नोम्स, बहादुरे मावि विद्यालयबाट सम्मानित हुनुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ स्थित बहादुरे माविको आयोजनामा भएको एक कार्यक्रम वीच खादा माला, प्रमाणपत्र र चोयाबाट बनेको घरेलु सामग्री (दोको, स्याखु, डालो) लगायतका सामग्रिबाट डाक्टर नोम्स सम्मानित हुनुभएको थियो । वर्षौ देखि विद्यालयको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आउनुभएकोमा उहाँलाई सम्मान गरिएको हो । सम्मानीत पछि बोल्नुहुँदै, प्रमुख नोम्सले संस्थाको तर्फबाट शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा निरन्तर रुपमा सयहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । संस्थाले विद्यालयमा सञ्चालन गर्दै, आएको क्लिनिकमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानियहरुलाई निःशूल्क स्वास्थ्य सेवा दिइदै आएको छ । त्यसैगरी एक जना हेल्थ असिस्टेन्टका लागि पनि आर्थिक सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक राम प्रसाद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार संस्थाले आर्थिक अवस्था कमजोर भएको १२ जना विद्यार्थीहरुलाई आवासिय सहितको पठनपाठनमा सहयोग पुर्याउँदै आएको छ । विद्यालयमा हाल १ सय ५० जना विद्यार्थीहरु रहेका छन् ।

कार्यक्रमको अवसरमा कक्षा ११की उत्कृष्ठ अंक ल्याउनुभएकी अनिता विकलाई छात्रवृत्ति वितरण गर्नुका साथै ताम्रपत्रबाट सम्मान गरिएको थियो भने, कुसुदेबु जनस्वास्थ्य केन्द्रका अध्यक्ष आङछिरिङ शेर्पा पनि सम्मानित हुनुभएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष द्धय, तैकाजी गुरुङ, अनिल कुमार गुरुङ, शिक्षक अभिभावक समितिका अध्यक्ष मान बहादुर केसी, पूर्व विद्यार्थी सोफिया गुरुङ, लगायतले विद्यालय व्यवस्थापन तथा विकासका लागि सवै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको अवसरमा रुद्र र शान्ति पौडेलले स्वर्गिय बुबा र आमाको स्मृतिमा नगद ५० हजार रुपैयाँको खेमलाल,नन्दकली अक्ष्यकोष स्थापना गरिएको छ । कार्यक्रम हुनु अघि डा. नोम्स सहितको टोलीलाई पञ्चेबाजा र सांस्कृतिक कार्यक्रमसहित विद्यालयमा स्वागत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्नपूर्ण गाउँपालिका ४ का वडाध्यक्ष आइन्दल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममामा स्वागत मन्तव्य पूर्व शिक्षक आश बहादुर गुरुङले राख्नुभएको थियो भने, विद्यालयका सहायक प्रधानाध्यापक सिद्धीराज सुबेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments