Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNअमेरिकामा नेपाली चिल्ड्रेन टेलेन्ट हन्टको तयारी अन्तिम चरणमा

अमेरिकामा नेपाली चिल्ड्रेन टेलेन्ट हन्टको तयारी अन्तिम चरणमा

अमेरिकामा नेपाली चिल्ड्रेन टेलेन्ट हन्टको तयारी अन्तिम चरणमा

एजेन्सी – गुरुङ सोसाईटि अफ अमेरिका (UGSA) अन्तर्गत रोघि मिदा बिभागको आयोजनामा हुनलागेको “चिल्ड्रेन ट्यालेन्ट हन्ट “ को तयारि अन्तिम चरणमा पुगेको र अर्को महिनादेखि दर्शकमाझ जाने रोघि मिदाका अघ्यक्क्ष तथा कलाकार अगम गुरुड०ले बताऊनु भयो ।

गुरुङ भन्नु हुन्छ बाल-बालिका लागि छुट्टै कार्यक्रम नभएकाले उनिहरु अन्ने ठुला प्रतिस्पर्घामा जानु पर्थ्यो यसैले अमेरिका भरि छरिएर रहेका गुरुङ बालबालिकालाई लक्क्षित गरि आयोजना गर्न लागिरहेको यो कार्यक्रमको मुख्य उदेश्य COVID 19 को विषम परिस्थितिमा पनि बालबालिकालाई सिर्जनसिल गराउन र मनोरंजन दिन रहेको छ । जसले बालबालिकालाई विदेशी भुमिमा भएपनि प्रत्यक्क्ष रुपमा आफ्नो भाषा संस्कार संस्कृति सिक्ने सिकाऊने अवसर प्रदान गर्दछ ।

यस कार्यक्रमलाई बहुप्रतिभासालि कलाकार तथा निर्देशक बिकाश घले गुरुङले निर्देशन गर्दै हुनुहुन्छ । निर्देशक भन्नु हुन्छ ”हामि बाल बालिकालाई कुनै पारिवारिक वा सामाजिक कार्यक्रममा खालि नाच नाच मात्र भन्छौ, जब नानिहरुलाई नाच्नै आऊदैन वा मन पर्दैन भने नानि हरु त्यस कार्यक्रमबाट भाग्ने सिवाय कुनै ऊपाय पाऊदैन । यो त उदाहरण मात्र हो ।

यस्ता हर्कतले उसको परिवार र समाजप्रति बालमनोबिज्ञानमा नराम्रो असर पर्दछ । निर्देशक थप्नुहुन्छ ”ट्यालेन्ट हन्ट कार्यक्रममा बालबालिकाले आफ्नो जुनसुकै कला प्रतिभापनि प्रस्तुत गर्न सक्ने भएकाले बालबालिकामा लुकेर रहेको प्रतिभा प्रस्फोटन गर्न मद्दत गर्दछ भने अभिभावकलाई आफ्ना बालबालिकाको कला ,क्षमता, रुचिलाई नजिकबाट चिन्ने अवसर दिने गर्दछ ।

यस कार्यक्रमलाई उद्घोषकद्वय बिक्कु र भिमा गुरुङले सन्चालन गर्नुहुनेछ भने टक्सारि मेमोरियल ग्रुपले स्पोन्सर गर्दैछ । UGSA अमेरिकामा 5ONC मान्यता प्रप्त सामाजिक संस्था हो र बिभिन्न सामाजिक कार्यक्रम लगायत प्रत्येक वर्ष रोघि डान्स कम्पिटिसन, चिल्ड्रेन ट्यालेन्ट हन्ट, मास्टर एण्ड मिस गुरुङ युएसए जस्ता सास्कृतिक कार्यक्र समेत आयोजना गर्दै आईरहेको छ ।

 

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments