नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले मुुस्लिम सामुदायको अधिकार सुनिश्चितका लागि गठवन्धन बनाएर अघि वढ्ने बताउनुभयो । गण्डकी प्रदेश मुस्लीम गठवन्धनको आयोजनामा मंगलबार पोखरामा भएको पत्रकार सम्मेलनमा आसन्न मंसिर ४ गते हुने चुनावलाई लक्षित गर्नुहुँदै, उहाँले गठबन्धन बनाएर अघि वढ्नुपर्ने सदस्य सतारले बताउनुभएको हो ।
उहाँका अनुसार गठवन्धन वनिसकेपछि गठवन्धन भन्दा बाहिर जातिय मतहरु नजाउन भन्नका लागि पनि गठवन्धन बनाउनुपर्नेमा जोड दिनुभएको हो । विशेष गरी गण्डकी प्रदेशका मुस्लिम समाजलाई जातिय भोटतिर लक्षीत हुन्छन् की भन्ने, त्रासलाई मध्यनजर गरी पत्रकार सम्मेलन गरिएको पनि उहाँले बताउनुभयो । संविधनमा भएका अधिकारहरुलाई कार्यन्वयनका लागि पनि गठवन्धनलाई विजयी गराउनुपर्ने आवश्यक भएको उहाले जानकारी दिनुभयो ।
नेपाल मुस्लिम संघ गण्डकी प्रदेशका हाजि शाह मोहम्मद मिया अनुसार गण्डकी प्रदेशमा २८ हजार मुस्लीम सामुदाय रहेका छन् । कार्यक्रममा नोपल (एकीकृत समाजवादी) प्रतिनिधि सभा समानुपातिक उम्मेदवार जैनव खतुन र नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार जुविदा खातुनको पनि सहभागिता रहनुभएको थियो ।