Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONतमु प्ये ल्हु संघ, युएईका पदाधिकारीलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिको स्वागत

तमु प्ये ल्हु संघ, युएईका पदाधिकारीलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिको स्वागत

तमु प्ये ल्हु संघ, युएईका पदाधिकारीलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिको स्वागत

पोखरा, २३ फागुन तमु प्ये ल्हु संघ, संयुक्त अरब इमिरेट्स (युएई)का पदाधिकारीहरुलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिले स्वागत गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच बिदामा नेपाल आएका संघका पदाधिकारीलाई स्वागत गरिएको हो । कार्यक्रममा तमु प्ये ल्हु संघ, युएईका संरक्षक टक लम तमु, उपाध्यक्ष तिलक तमु, महिला विभाग अध्यक्ष दिलमाया क्रोम्छे तमुस्यो, सदस्य दिल च्हम्रु तमु र संगीता प्रु तमुस्योलाई मिलन ट्रष्ट नेपालकी संरक्षक सावित्रीकुमारी गुरुङले फूलमाला र मायाको चिनोसहित स्वागत एवं सम्मान गर्नुभयो ।

सो अवसरमा बोल्दै तमु प्ये ल्हु संघ, युएईका संरक्षक टक लम तमुले आफूहरुलाई स्वागत गरेकोमा आभार व्यक्त गर्नुभयो । मिलन डी.जी. इन्टरनेशनल प्रालिको पहिलो प्रस्तुती रहेको चलचित्र “भेडी गोठाले”को विशेष प्रदर्शन गर्ने अवसर प्रदान गरेर समाजसेवी एवं सो चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङ “मिलन”ले महत्वपूर्ण टेवा पुर्याएको बताउँदै उहाँले चलचित्रमार्फत् सामाजिक कार्यमा योगदान दिनुहुने कार्यकारी निर्माता गुरुङप्रति धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै, तमु प्ये ल्हु संघ, युएईका उपाध्यक्ष तिलक तमुले चलचित्र “भेडी गोठाले”को प्रदर्शन गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै चलचित्रमार्फत् सामाजिक कार्यमा योगदान दिनु उदाहरणीय कार्य भएको जनाउनुभयो ।

Photo Album

{vsig}photos/milandg_welcome_tpls_uae{/vsig}

 

आगामी दिनमा पनि मिलन डी.जी. इन्टरनेशनल प्रालि र समाजसेवी दुर्गा गुरुङ “मिलन”सँग सहकार्य गर्न पाउने अपेक्षा व्यक्त गर्दै उहाँले नेपालमा आउँदा पाएको स्वागत अनि सम्मानले हर्षित भएको उल्लेख गर्नुभयो । कार्यक्रममा फोटो पत्रकार मणि सरब्ज तमु, तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी तमुस्यो र मिलन डी.जी. इन्टरनेशनल प्रालिका प्रवक्ता रूद्रबहादुर श्रीसले पनि स्वागत गर्नुभएको थियो ।

मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष एवं समाजसेवी दुर्गा गुरुङ “मिलन”द्वारा निर्मित पहिलो प्रस्तुती चलचित्र “भेडी गोठाले” बेशीसहर, लमजुङ र युएईमा विशेष परोपकार(Charity Show)प्रदर्शन गरि उक्त प्रदर्शन बाट जम्मा भएको रकम तमु प्ये ल्हु संघ लमजुङको क्होंइबो निर्माण सहयोगार्थ प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा मिलन फाउन्डेसन नेपालका प्रचारप्रसार संयोजक एवं फोटो पत्रकार मणि सरब्ज तमुले स्वागत भाषण गरेको थियो भने संचालन मिलन डी.जी. इन्टरनेशनल प्रालिका प्रवक्ता रूद्रबहादुर श्रीसले गरेका थिए |

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments