Sunday, May 22, 2022
Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONतमू सञ्चारकर्मी र तमू कलाकारलाई तमू ह्युल छोंज धि गण्डकी प्रदेशद्धारा ६७...

तमू सञ्चारकर्मी र तमू कलाकारलाई तमू ह्युल छोंज धि गण्डकी प्रदेशद्धारा ६७ हजार आर्थिक सहयोग

तमू सञ्चारकर्मी र तमू कलाकारलाई तमू ह्युल छोंज धि गण्डकी प्रदेशद्धारा ६७ हजार आर्थिक सहयोग
१५ असार २०७७, सोमबार
पोखरा | तमू ह्युल छोंज धि (गुरुङ राष्ट्रिय परिषद) गण्डकी प्रदेश र तमूस्यो ह्युल छोंज धि कास्कीद्धारा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल र तमू कलाकार संघ गण्डकी प्रदेश समितिको राहत कोषमा रु.३३ हजार ५ सयका दरले कुल ६७ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त रकम जुटाउन संस्थागत मात्रै नभइ छोंज धीमा आबद्ध सबै व्यक्तित्वहरुले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको थियो भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समिति धम्पुस र ल्वाङघलेल पनि १०/१० हजार आर्थिक सहयोग गरेको छ ।

जम्मा भएको सबै रकमबाट दुई वटा संस्थालाई आधा आधा सहयोग प्रदान गरिएको तमू ह्युल छोंज धीका केन्द्रिय सदस्य तथा कार्यक्रमका सञ्चालक चेतबहादुर गुरुङले जानकारी दिनुभयो ।
रकम हस्तान्तरण गर्दै तमू ह्युल छोंज धि गण्डकी प्रदेशका संरक्षक तथा केन्द्रिय सचिवालय सदस्य तथा कार्यक्रमका प्रमुख अथिति दलबहादुर गुरुङले तमू कलाकार र तमू पत्रकार दुवै आफूहरुको लागि उत्तिकै प्रिय र सहयोगी रहेको भन्दै आउने दिनमा पनि यी दुवै संस्थालाई सहयोग गर्दै जाने बताउनुभयो ।

  

 

कार्यक्रममा तमूस्यो ह्युल छोंज धि कास्कीका अध्यक्ष जुनकुमारी गुरुङ, तमू कलाकार संघ गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ, तमू सञ्चारकर्मी संघका केन्द्रिय महासचिव रोशनी गुरुङ, तमू ह्युल छोंज धि कास्कीका सचिव राजबहादुर गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङका अध्यक्ष ओमप्रसाद गुरुङ लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम समापन गर्दै तमू ह्युल छोंज धि गण्डकी प्रदेशका अध्यक्ष पदमबहादुर गुरुङले कलाकार पत्रकार सबै आफनो लागि उत्तिकै प्रिय भएको भन्दै अहिले आफूहरुले सहयोग गरेता पनि आउने दिनमा यी दुवै संस्थाले आफूहरुलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

साथै उहाँले तमू कलाकारले गाउँमा सिमित भई लोप हुने अवस्थामा पुगेको ठाडो भाका, कौडा लगायतको गीतको संरक्षण गर्नुपर्ने र तमू पत्रकारहरुले खास गरि पोखरामा तमू संघ संस्थाबीच रहेको मतभेद हटाई तमू एकता गर्नको निम्ती विषेश भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा तमु संचारकर्मी संघ नेपालका केन्द्रीय सदस्य, मिलन वल्ड डट न्युजका प्रबन्धक निर्देशक एवं फोटो पत्रकार मणी लाल गुरुङ, तमु संचारकर्मी संघ नेपालका केन्द्रीय सदस्य एवं रेडियो गोरखालीका स्टेसन म्यानेजर खिमा गुरुङ, तमु कलाकार संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष दुर्गा गुरुङ र सदस्य माया गुरुङ सहभागी भएका थिए |

तमू ह्युल छोंज धि कास्कीका पुर्व सचिव वर्तमान केन्द्रिय सदस्य चेतबहादुर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका गण्डकी प्रदेश उपाध्यक्ष दिलमाया गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

  

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments