Homeसमाचार | NEWSसमाज | SOCIETYतमु समाज युकेको राहत माइला–कान्छाले पोखराका ज्याला मजदुरहरुलाई वितरण गर्यो

तमु समाज युकेको राहत माइला–कान्छाले पोखराका ज्याला मजदुरहरुलाई वितरण गर्यो

तमु समाज युकेको राहत माइला–कान्छाले पोखराका ज्याला मजदुरहरुलाई वितरण गर्यो
पोखरा, १४ जेठ
युकेलाई कर्मथलो बनाउनु भएकी पोखरेली दुई चेली पार्वती गुरुङ र माया गुरुङ कोभिड १९ कोरोना भाइरसको महामारीको कारण लकडाउनले जन्मभुमिमै हुनुहुन्छ।
माइला–कान्छाको नामबाट चर्चित सामाजिक अभियन्ता समाजसेवीद्वय गुरुङले कोरोनाको कहरमा पोखरेली विपन्न, असहाय, मजुदर, दीन दुःखीको आहतमा राहतको मल्हम पट्टि लगाइरहनु भएको छ। युकेमा रहनुभएका परिवारसँगको विछोडको पिडा माइला–कान्छाले पोखरा क्षेत्रमा रहेका दीनदुःखीको निभ्न लागेको चुल्हो बाल्दै आफुहरु पनि उनीहरुसँगै रमाईरहनुभएको छ।राहत वितरणलाई दैनिकी नै बनाउनु भएकी माइला–कान्छाले कहिले आफैले त कहिले विभिन्न सहयोगी र संघ संस्थाबाट प्राप्त राहत वितरण गर्दै आउनुभएको छ।
 
जसलाई अहिले राहत अति आवाश्यक छ भन्ने उहाँहरुलाई महसुस गर्नुहुन्छ स्थानिय जनप्रतिनीधि, संघ संस्थाको उपस्थितीमा राहत वितरण गरिरहनु भएको छ।बाटोमा हिडदा हडिदै असहाय दीन दुःखी भेटिए तत्स्थानमा आफुले सक्दो सहयोग गर्ने उहाँहरु दुःखीको मुहार मुस्कुराउदा सन्तुष्टि पाएको महसुस गर्नु भएको छ।मानवसेवा नै साँचो अर्थमा पुण्य प्राप्ति र धर्म सम्झनुहुन्छ, माइला–कान्छाले।कोरोनाको कहरमा बन्दाबन्दीले नेपालमै रहनुपरेको अवस्थामा मात्र होइन नेपाल र नेपालीको हरेक दुःख, पीरमर्का र विभिन्न इभेण्टहरुमा तहल्कै मच्चाउने गरी युकेबाट उहाँहरुले कहिले आफै उपस्थित भएर त कहिले कुनै संघ संस्था वा व्यक्तित्व मार्फत सहयोग पुर्याईरहनु भएको छ। माइला–कान्छा मेरो प्यारी आदरणीय दिदिहरु हुनुहुन्छ, दिदिहरुको यसले बढाइचढाई गर्यो नभन्नुहोला।यर्थाथ हो, नपत्याए उहाँहरुको सामाजिक संजाल पल्टाएर हेरे छर्ल∙ हुन्छ।
 
आज बिहानैदेखि आकाश बादलिएको थियो।सायद पोखरेली श्रमिक, मजदुर, ज्यालादारी, विपन्नहरुको चुल्हो निभ्न लागेर होला। मध्यान्न १२ बजे पश्चात पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रको प्रवेशद्वार खुल्यो, द्वार मात्रै होइन माइला–कान्छासहित खाद्यान्नको गाडी प्रवेशले भोकाएको दिलहरुको द्वार पनि सँगै खुलेको महसुस हुन्थ्यो। माइला–कान्छाको हसिलो मुहार देख्ने वित्तिकै त्यहाँ उपस्थित ज्याला मजदुरहरुले भगवान प्राप्त गरेको जस्तो आभाष देखिन्थ्यो।
 
नेपालमा पनि कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको बेला सामाजिक दुरी कायम हुने गरी चामल, दाल र तेल राहतका लागि प्रदर्शनी केन्द्रमा लहरै राखिएको थियो। आकाशमा कालो बादल मडारिएको थियो तर माइला–कान्छाले मोवाइल थिचिरहनुभएको थियो, आँखा प्रवेश गेटतिर लगाइरहनु भएको थियो। उक्त पर्खाई अरु कसैको नभई स्थानिय जनप्रतिनीधि वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेको रहेछ। राहत वितरणमा माइला–कान्छासँग ट्युनि∙ मिलेको वडाध्यक्ष लामिछानेको प्रवेशसँगै राहत वितरणका कत्ति ढिलाई भएन। किनकी आकाशमा कालो बादल मडारिएको थियो। पोखराको पानीको भरै नहुने कति खेर बर्षन्छ, कति बेला तर्साउछ।
 
पर्खाइको समयमा माइला–कान्छा पोखरेली पत्रकारहरुसँग कार्यक्रमका बारेमा जानकारी दिइरहनुभएको थियो। फोटो र भिडियोमा कैद भईरहनु भएको थियो।पत्रकारले जो कसैलाई यसो गर्दैनन्। आजको कार्यक्रममा पत्रकारहरु पंक्ति पनि लामै देखिन्थ्यो, यो माइला–कान्छाको प्रभावकारी राहत वितरणका कारण नै हो।असल कर्मलाई आम नागरिक समक्ष पुर्याउने पाउँदा पत्रकारहरुमा पनि सन्तुष्टि मिल्ने भएकाले पत्रकारहरुको बाक्लो उपस्थिती भएको हुनुपर्दछ। तर आदरणीय दिदिहरुको उदाहरणीय अभियानमा मेरो भने पहिलो पटक सहभागीता थियो। युकेबाट वरिष्ट फोटो पत्रकार मिलन तमु गुरुङको छोटो अवधिको म्यासेजको जानकारीबाट दिदिहरुको शुभकार्यमा जोडिन पाएकोमा मिलन सरप्रति पनि आभारी छु।
 
वडाध्यक्ष रामराज लामिछानेले शुभकार्यका लागि शुभकामना प्रदानसँगै राहत वितरण समाप्ति राहत वितरण फटाफट भयो। राहत वितरण समाप्तिसँगै कालोबादलबाट जलवर्षा भो।शुभकर्मका कारण आकाशमा रहने सुर्य चन्द्र भगवानको पनि दिल खुस भएर होला जलवर्षा गराइदिनुभएको जस्तो लाग्यो। उक्त वर्षासँगै राहत प्राप्त गरेका मजदुर, ज्यालादारी गर्नुहरुको पनि पिडा पखालिएको अनुभूति गर्दै म भाई पत्रकार पनि माइला–कान्छा दिदिहरुसँग विदा माग्दै अर्को गन्तव्य तय गरें, किनकी व्यस्त मान्छे त्यता पनि पुग्नै पर्ने थियो।
 
पोखरा प्रदर्शनी केन्द्रमा आजको राहत तमु समाज युकेसहितको सहयोगदाताहरुको कोशेली बोकेर तमु समाज युकेकी आमा समूहका संस्थापक अध्यक्ष माया गुरुङ कान्छा तथा साउथ इष्ट रिजनल तमुधि युकेका उपाध्यक्ष पार्वती गुरुङ(माइला) प्रस्तुत हुनुभएको थियो।
 
आमा समुहका संस्थापक अध्यक्ष कान्छाको मुख्य अगुवाई र साउथ इष्ट रिजनल तमुधि युकेका उपाध्यक्ष माईलाको विशेष सहयोगमा ज्याला मजदुरी गर्ने, विपन्न अवस्थामा रहेका र अहिले हात मुख जोर्न समस्यामा पर्न लागेका ७८ जनालाई ९० हजार ३३० रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको थियाो ।पोखरा ९ को कृष्णटोल लगायत विभिन्न टोल र क्षेत्रका विपन्नहरुले राहत प्राप्त गरेका थिए। राहत ग्रहण गर्दै उनीहरुले आफुहरुले भगवानसँग साक्षात गरेको प्रतिक्रिया दिएका थिए।
 
आमा समुहकी संस्थापक अध्यक्ष कान्छाका अनुसार उक्त राहत तमु समाज युकेका अध्यक्ष शिबचन्द्र गुरुङमार्फत संस्थाको बिपत ब्यवस्थापन समितीबाट संस्थागत रुपमा ५० हजार ३३० रुपैयाँ र संस्थाका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, जयन्ती गुरूङ, बिनु गुरूङ, ओम गुरूङ, प्रज्वल गुरूङ, ममता गुरूङ र निवर्तमान अध्यक्ष अर्जन कुमार गुरूबाट ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो।
 
मनैदेखि सेवामा बबालका साथ जुट्ने माइला–कान्छाको अभियान भोलि पोखरा १५ नयाँ गाँउमा,पर्सि पोखरा २५ याम्दीमा रहेको सामाजिक अभियन्ताद्वय पार्वती–माया गुरुङले जानकारी दिनुभयो। उक्त अभियानमा विभिन्न समुह, संस्थाहरुको राहतसहित समस्यामा रहेका पोखरेलीहरुको आँत भिजाउने कार्य गर्ने बताइएको छ।
जय होस दिदिहरुको अभियान।
जय होस माइला–कान्छा ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments