Google search engine
Homeसमाचार | NEWSप्रबास | NRNतमु प्ये ल्हु संघ युके आमा समूह र अन्य युकेबासीहरुको सहयोगले ३५०...

तमु प्ये ल्हु संघ युके आमा समूह र अन्य युकेबासीहरुको सहयोगले ३५० विपन्न परिवारलाई राहत

तमु प्ये ल्हु संघ युके आमा समूह र अन्य युकेबासीहरुको सहयोगले ३५० विपन्न परिवारलाई राहत
मणी सरब्ज तमु , पोखरा, ३० जेठ
तमु प्ये ल्हु संघ युके आमा समितिका आमा समूहका आमाहरु र अन्य युकेबासी  सहयोगी दाताहरुले पठाएको आर्थिक सहयोग पार्वती(माइला) र माया गुरुङ(कान्छा)ले लकडाउनले समस्यामा परेका ३५० विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

तमु प्ये ल्हु संघ युके आमा समितिका अध्यक्ष विष्णु टु क्ल्हेप्री  तमु (गुरुङ)को संकलित एक लाख चालिस हजार(रु.१,४०,०००) रकमबाट ७० जना विपन्न परिवारलाई  र बाँकी २८० जना विपन्न परिवारलाई अन्य युकेबासीको  आर्थिक सहयोगी दाताहरुले पठाएको दुइ लाख साठी हजार(रु.२,६०,०००) जम्मा चार लाख(रु.४,००,०००) रकमबाट शुक्रबार पोखराका विभिन्न वडाका ३५० विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

  

                                                   (फोटो ठुलो हेर्नको लागि फोटो माथी माउस क्लिक गर्नु होला )

जुन ८, २०२० मा तमु प्ये ल्हु संघ युके आमा समिति आमा समुह मिलेर नेपालको कोरोना(कोविड-१९) भाइरसको महामारीले जारी बन्दाबन्दीले प्रभावित भएकाहरुलाई आर्थिक सहयोग एकलाख पाँच हचार(रु १०५०००) रकम इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कडेललाई हतारान्तरण गरि सकेको छ ।

कोरोना(कोविड-१९) भाइरसको महामारीले जारी बन्दाबन्दीको ८१ औं दिनमा पोखराको प्रदर्शनी केन्द्रबाट माइला कान्छा अभियानका अभियन्ता पार्वती(माइला) र माया गुरुङ(कान्छा)ले उक्त राहत वितरण गर्नुभएको हो ।

तमु प्ये ल्हु संघ युके आमा समितिका अध्यक्ष विष्णु टु क्लेप्री तमु (गुरुङ)को संयोजकत्वमा संकलित एक लाख चालिस हजार(रु.१,४०,०००) रकमबाट ७० जना विपन्न परिवारलाई  र बाँकि २८०  जना  परिवार  अन्य युकेबासी आर्थिक सहयोगी दाताहरुले पठाएको दुइ लाख साठी हजार(रु.२,६०,०००) जम्मा चार लाख(रु.४,००,०००) रकमबाट शुक्रबार पोखराका विभिन्न वडाका  ३५०   परिवारलाई राहत वितरण गरेका हौ ” राहतमा एक बोरा चामल, तेल, नुन र सोयाविन रहेको अभियानका (कान्छा) माया गुरुङले जानकारी दिनुभयो ।

(नाम विवरण  ठुलो हेर्नको लागि फोटो माथी माउस क्लिक गर्नु होला )

माइला कान्छा अभियानले पोखरामा विभिन्न चरणमा राहत वितरण गरेको छ । अभियानका (माइला) पार्वती गुरुङले अहिलेसम्म माहिला कान्छा लकडाउन अभियानबाट १८ लाख जम्मा भएको र सो रकमबाट एक हजार बढी विपन्न परिवारलाई खाद्य सामग्री र केही व्यक्तिलाई नगद वितरण गरेको र  यो अभियानलाई युके निबासी नेपाली दाजुभाई दिदीहरुबाट निरन्तर सहयोग आइरहेको छ तर अब हामीहरु युके फर्कनु परेको हुँदा माइला कान्छा अभियान आज अन्तिम राहत कार्यक्रम गरेको माइला कान्छाले जानकारी दिनुभयो ।

  

(ठुलो हेर्नको लागि फोटो माथी माउस क्लिक गर्नु होला )

अन्तमा पार्वती(माइला) र माया गुरुङ(कान्छा)लाई भकारी इभेन्ट प्रा.ली. का सल्लहाकार एव कांग्रेस नेत्री सरस्वती गुरुङ र प्रबन्धक संचालक कृष्ण कुमार गुरुङ्गले, कोरोना(कोविड-१९) भाइरसको महामारीले जारी बन्दाबन्दीले प्रभावित परिवारहरुलाई राहत वितरण गरेकोमा उहाँहरुको मानवीय कार्यको उच्चा मूल्यांकन गर्दै खादा पहिराई कदरपत्र प्रदान गरि  सम्मान गरेका थिए |

फोटो एल्बम (Photo Album) : >

{vsig}photos/maaila-kanchha-rahat-abhiyan2020{/vsig}

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments