Sunday, May 22, 2022
Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONतमु प्ये ल्हु संघ गण्डकी प्रदेश समिति गठन, अध्यक्षमा उम प्हच्यु तमु...

तमु प्ये ल्हु संघ गण्डकी प्रदेश समिति गठन, अध्यक्षमा उम प्हच्यु तमु चयन

तमू प्ये ल्हु संघ केन्द्रिय समितिको पहलमा पोखरामा भएको एक भेलाले संघको गण्डकी प्रदेश समिति गठन भएको छ ।

संघको गण्डकी प्रदेश प्रमुख भोजराज क्रोम्छें तमूको अध्यक्षतामा सम्पन्न भएको भेलाले सर्वसम्मत रुपमा उमबहादुर प्हच्यु तमू (कास्की)लाई अध्यक्षमा चयन गरेको छ ।

जसको उपाध्यक्षमा कुलप्रसाद सरब्ज तमू (स्याङ्जा), द्धितिय उपाध्यक्षमा सु. क्षेत्रबहादुर तमू (नवलपुर), सचिवमा मिलन क्रोम्छें तमू (पर्वत) र सह–सचिव खुशी टु क्ल्हेप्री तमू (लमजुङ) लाई चयन गरिएको छ ।

यस्तै भेलाले संघको कोषाध्यक्ष मिलन तमू (तनहुँ), सह–कोषाध्यक्षमा मणि सरब्ज तमू (कास्की)लाई सर्वसम्मत चयन गरेको छ भने सदस्यहरुमा कुमारी पर्जु तमू (पर्वत), एकमाया न्हान्सी तमू (स्याङ्जा), विष्णुमाया तमू (तनहुँ), विष्णुबहादुर तमू (नवलपुर), पूर्णबहादुर तमू (म्याग्दी) रहनु भएको छ ।

तमू प्ये ल्हु संघ केन्द्रिय समितिका अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमूको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव हर्कबहादुर योज तमूले गर्नुभएको थियो ।

यसैबीच नव निर्वाचित प्रदेश समितिको पदाधिकारी तथा सदस्यहरुलाई संघको केन्द्रिय समितिको तर्फबाट हिजै साँझ संघमा एक कार्यक्रमको आयोजना गरि बधाई ज्ञापन गरिएको छ ।


संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमूको नेतृत्वमा संघका आमा समिति अध्यक्ष पुष्पा तेल्मै तमू तथा अरु पदाधिकारी एवम् सदस्यहरुले नव निर्वाचित कार्य समितिलाई फूल माला तथा बुकी उपहार दिएर स्वागत तथा सम्मान गरेका थिए ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments