
पोखरा, १७ जेठ
कोरोना भाइरस महामारीका कारण लामो लकडाउनले समस्यामा परेका ४२ जना सुत्केरी, गर्भवती, एकल महिलालाई माइला–कान्छाले राहत वितरण गर्नुभएको छ।

युकेलाई कर्मथलो बनाउनुभएकी दुई चेली पार्वती गुरुङ(माइला) र माया गुरुङ(कान्छा) लकडाउनका कारण युके जान रोकिनुभए पछि कोरोनाको कहरमा समस्यामा परेका पोखरेलीलाई राहत प्रदान गर्न संचालन गरिएको माइला–कान्छाले राहत वितरण अभियान अन्र्तगत आज विहान पोखरा ९ नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा लकडाउनबाट अत्यन्तै प्रभावित महिलाहरुलाई राहत प्रदान गर्नुभएको हो। काँग्रेस नेतृ सरस्वती गुरुङको संयोजनका पोखरा ५, ८ र ९ वडाका ४२ जना महिलाहरुलाई ६५ हजार बराबरको एक एक बोरा चामल र तेल वितरण गरिएको थियो।

सुत्केरी, गर्भवली र एकल महिलाहरुलाई राहत वितरणका लागि माझगााउ गाउ भई हाल युके बेजिङस्टोक निवासी क्या.पृथ्वी गुरुङ÷लिला गुरुङले १० हजार, माझगाउबाट युके अल्डरसट पुग्नुभएका गणेश गुरुङ÷बालकुमारी गुरुङले ५हजार, तान्चोक गाउ भई युके बन्टोक निवासी बोम गुरुङ÷इन्द्रकुमारी गुरुङले १० हजार, माझ गाउ भई युके बन्टोक निवासी बदम गुरुङ÷शिवकुमारी गुरुङले १० हजार, पर्वत देउपुर गाउ भई हाल युके बन्टोक निवासी काजी गुरुङ÷निता गुरुङले १० हजार, साखु गाँउ भई हाल युके हेण्डनका बबिता गुरुङले १० हजार, तान्चोकबाट युके फोक्स्टन पुग्नु भएका जुमकाजी गुरुङ÷अनिता गुरुङले ५ हजार, पोखरा बुद्धचोक घर भई युके बन्टोक निवासीहरिप्रसाद गुरुङ-रामकुमारी गुरुङले ५ हजार रुपैया सहयोग प्रदान गर्नुभएको अभियन्ता माया गुरुङ कान्छाले जानकारी दिनुभयो।

अहिले युकेमै रहेपनि हामीले समस्यामा परेका जन्मभुमिका दाजुभाई दिदिबहिनीलाई राहत सहयोग गर्ने थियौं तर लकडाउनले हामी जन्मभुमिमा रोकिनुपर्दा पनि अत्यन्तै समस्यामा परेकालाई राहत वितरणले आफुहरुलाई युकेबाट सहयोग पुर्याई दिन सहयोग प्राप्त भएको माइला–कान्छा राहत वितरण अभियान गरी सहयोगदाताहरुको राहत समस्या परेका पोखरेली समक्ष पुर्याएको अभियन्ता पार्वती गुरुङ माइलाले जानकारी दिनुभयो।

यसै गरी आज नै माइला–कान्छाले राहत वितरण अभियान अन्र्तगत पोखरा १५ मा अपांगहरुलाई राहत वितरण गरिने बताउनुभएको छ। यस्तै गरी भोलि बिहान साउथ इष्ट रिजनल तमु धिंले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पिपिइ हस्तान्तरण गर्ने कार्यक्रम रहेको साउथ इष्ट रिजनल तमु धिंकी उपाध्यक्ष समेत रहनु भएकी अभियन्ता पार्वती गुरुङले जानकारी दिनुभयो।