Google search engine
Homeसमाचार | NEWSनेपाल | NEPALसांसद मीना गुरुङले पत्रकार महासंघ कास्कीलाई दिए प्रेस ज्याकेट

सांसद मीना गुरुङले पत्रकार महासंघ कास्कीलाई दिए प्रेस ज्याकेट

पाेखरा। नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई गण्डकी प्रदेशका सांसद मीना गुरुङले प्रेस ज्याकेट सहयोग हस्तान्तरण गरेकीछन्। सांसद गुरुङले महासङ्घको लोगो अङ्कित प्रेस ज्याकेट विहिबार पोखरामा महासंघ कास्कीका अध्यक्ष दीेपेन्द्र श्रेष्ठलाई सहयोग हस्तान्तरण गरेकी हुन्। 

 

सांसद गुरुङले करिब ३८ हजार मुल्य बराबरको ५० थान उक्त ज्याकेट सहयोग गरेकी हुन्। सांसद गुरुङले यस अघि पत्रकारहरुको हकहितको लागि विभिन्न सहयोग गर्दै आएकी छन भने देशको विसम परिस्थितीमा पनि विभिन्न मजदुहरुलाई राहत वितरण गर्दै आएकीछन्।  

यसैबिच, पत्रकार महासंघ कास्कीले फोटो पत्रकार महासङ्घ गण्डकीलाई २० थान प्रेस ज्याकेट सहयोग हस्तान्तरण गरेको छ । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले फोटो पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष राम गुरुङलाई सुघा कलरको उक्त ज्याकेट हस्तान्तरण गरेका हुन् । 

कोरोना भाइरस(कोभिड–१९) को प्रभावका बाबजुत पनि फिल्डमा हिड्ने पत्रकारलाई उनीहरुको सुरक्षा र पहिचानका लागि ज्याकेट वितरण गरिएको महासङ्घले जनाएको छ । यसअघि महासंघले पहिलो चरणमा क्रियाशिल एक जना पत्रकारहरुलाई ज्याकेट लगायत अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको महासंघका सचिव रामप्रसाद तिमिल्सिनाले बताए । महासङ्घमा आवद्ध अन्य पत्रकारलाई केही समय पछि प्रेस ज्याकेट वितरण गरिने महासंघले जनाएको छ । 

त्यसैगरि लकडाउनका कारणले प्रभावित १७ जना पत्रकारहरुलाई महासङ्घले यसअघि पहिलो चरणमा खाद्य सामाग्रि राहत उपलव्ध गराएको छ । पोखरा महानगरपालिकाले उक्त सहयोग जुटाएको हो । महासङ्घ कास्की शाखाले आफ्ना सबै सदस्यहरुको दुर्घटना बिमा गर्ने र स्थलगत समाचार सङ्कलनमा रहेका क्रियाशिल पत्रकारहरुको पोखरा महानगरपालिकाको सहयोगमा पारिवारिक स्वास्थ्य बिमा गर्ने तयारी समेत गरेको छ । कास्कीमा करिब ३ सय जना पत्रकार महासंघमा आवद्ध रहेकाछन्।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments