Google search engine
Homeसमाचार | NEWSसमाज | COMMUNITY | संघ-संस्था | ORGANIZATIONसंजीवनी दिदीबहिनी केन्द्र मार्फत कठिन परिस्थितीका पोखरेलीलाई राहत बितरण

संजीवनी दिदीबहिनी केन्द्र मार्फत कठिन परिस्थितीका पोखरेलीलाई राहत बितरण

संजीवनी दिदीबहिनी केन्द्र मार्फत कठिन परिस्थितीका पोखरेलीलाई राहत बितरण
पोखरा, २० बैशाख
संजीवनी दिदीबहिनी केन्द्र्ले बुद्धिष्ट कम्युनिटी सेन्टर युके लण्डन ब्रान्चको सहयोगमा कठिन परिस्थितीका पोखरेलीलाई राहत बितरण गरेको छ।

कोभिड १९ कोरोना भाइरसको महामारीले लामो लकडाउनले विपन्न वर्ग, दृष्टिविहिन, अपांग, असहाय दीर्घ रोगीहरु सबैभन्दा बढी समस्यामा परेको भन्दै बिसिसि युके लण्डन ब्राञ्चले संजीवनी दिदिबहिनी केन्द्र मार्फत शनिवार पोखरा महानगरपालिका वडा नं।२७ रिठेपानी र पोखरा ९ न्युरोड गरि ८६ परिवारलाई खाद्यान्न लगायत सामाग्री राहत र दुई जना दिर्घरोगीलाई नगद राहत गरी २ लाख २९ हजार रुपैयाको राहत वितरण गरेको छ । विश्वब्यापी महामारीको बेला युके नै अतिप्रभावित भइरहेको अवस्थामा युकेको लण्डनमा क्रियाशील धार्मिक संस्था बिसिसि युके लण्डन ब्राञ्च र संजीवनी दिदिबहिनी केन्द्र्ले आहात भएको मनलाई राहत प्रदान गर्दै उदाहरणीय सहयोग गरेको हो ।

पोखरा महानगरपालिका वडा नं।२७ रिठेपानीमा बिहान आयोजित कार्यक्रममा राहत अतिआवश्यक रहेका सुकुम्बासी, अपांग, सुत्केरी, जेष्ठ नागरिक लगायत असहाय ६४ परिवारलाई चामल, दाल, तेल लगायतको खाद्य सामग्री संजीवनी दिदिबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङ लगायत पोखरा- २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, स्थानिय राइजिङ स्टार क्लवका अध्यक्ष विष्णु गुरुङले राहत वितरण गर्नुभएको थियो। साथै रिठेपानी कै दुई मिर्गौला पिडित यमबहादुर गुरुङ र क्यान्सर पिडित कुमारी बिकलाई जनही १० – १० हजार रुपैया प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा संजीवनी दिदिबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङले संस्थाको परिचय, सहयोगी संस्था बिसिसि युके लण्डन ब्राञ्च र संयोजन तथा सहयोगदाताहरुको विवरण प्रस्तुत गर्नुहुदै लकडाउनबाट अति नै प्रभावित विपन्न वर्ग अर्थात अति समस्यामा परेकाहरुको पहिचान गरी राहत वितरण गरेको बताउनुभयो। साथै वहांले रिठेपानीमा राहत वितरणका लागि सहयोगी भूमिका निर्बाह गर्नुहुने वडा अध्यक्ष पुर्णकुमार गुरुङ, स्थानिय राइजिङ स्टार क्लवका अध्यक्ष विष्णु गुरुङ र समाजसेवी मोना गुरुङ लगायतको समन्वयकारी भूमिका र युकेका सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रम संचालन संजीवनी दिदिबहिनी केन्द्रकी सचिव कौशिला गुरुङले गर्नुभएको थियो। साथै उक्त कार्यक्रममा संस्थाकी हंगकंग संयोजक कमला गुरुङ, कोषाध्यक्ष लक्ष्मी गुरुङ र सदस्यहरु दिल माया प्रजापति मिलन थापा र बिमला श्रेष्ठ्को पनि उपस्थिति थियो ।

यसरी नै सोहि दिन पोखराको न्युरोड वडा ९ मा कार्यक्रम आयोजना गरी १५ जना दृष्टिबिहीन र ७ जना विपन्न असहाय परिवार गरि जम्मा २२ परिवारलाई चामल, दाल, तेल,मास्क, सेनिटाइजर साबुन आदि संजिवनी दिदिवहिनी केन्द्र मार्फत नै राहत वितरण गरिएको छ। सो कार्यक्र्ममा वडा ९ का जनप्रतिनिधि गीता नेपाली को उपस्थिति थियो ।

उक्त सहयोग राशि बिसिसि युके लण्डन ब्राञ्चकी आमा प्रमुख, सामाजिक अभियन्ता अन्तिम गुरुङको पहलमा इष्टमित्र, साथीहरुसँग संकलन गरि २ लाख २९ हजार रुपैयाँ अति समस्यामा परेकाहरुलाई राहत वितरण गर्न संजीवनी दिदिवहिनी केन्द्रलाई पठाइएको बिसिसि लण्डनका अध्यक्ष गमरसिंह घलेले बताउनुभयो।आफुहरु युकेमा कार्यरत रहे पनि नेपाल र नेपालीको हरेक दुःख सुखमा बिसिसि लण्डन र आफुहरु रहेको समाजसेवी, सामाजिक अभियन्ता अन्तिम गुरुङले बताउनुभयो।

आजको राहत वितरण कार्यक्रममा सहयोग प्रदान गर्नु हुने दाताहरुको नामावली यस प्रकार छ ।
१. सावित्री गुरुङ  – मैडस्टोन – १३६ पौण्ड  २. पूर्ण  गुरुङ – मैडस्टोन – १३६ पौण्ड, ३. अन्तिम गुरुङ – लन्डन  – १०१ पौण्ड   ४. रेणु गुरुङ  – लन्डन १०१ पौण्ड  ५. नबित गुरुङ – लन्डन – १०१ पौण्ड  ६. जयन्ति गुरुङ  – लण्डन – १०१ पौण्ड  ७. गमर सिंग गुरुङ – लन्डन – ५५ पौण्ड  ८. माया गुरुङ – लन्डन – ५१ पौण्ड  ९. कोमल गुरुङ  – अल्डरसट – ५१ पौण्ड  १०. बिनु घले  – लन्डन – ५१ पौण्ड   ११. बिष्णु गुरुङ – लन्डन – ५१ पौण्ड   १२. संजु  घले – लन्डन – ५१ पौण्ड  १३. राधा गुरुङ – हँगकंग – ५१ पौण्ड  १४. राज गुरुङ – लन्डन – ५१ पौण्ड   १५. मोहनजंग गुरुङ  – बर्नटोक – ५१ पौण्ड  १६. मदन गुरुङ – लन्डन – ५१ पौण्ड  १७. मीरा तामांग – लन्डन – ३१ पौण्ड   १८. स्रीजना  गुरुङ  – लन्डन – ३१ पौण्ड   १९. पुर्णमाया गुरुङ – लन्डन – ३० पौण्ड  २०. तारा गुरुङ – लन्डन – २५ पौण्ड  २१.ईन्द्र गुरुङ – अल्डरसट –  २१ पौण्ड  २२. किरण गुरुङ  – लन्डन – २० पौण्ड २३ . बुद्धिस्ट कम्युनिटी –  लण्डन ब्रांच – २००  पौण्ड २४. प्रतिमा गुरुङ – नयबजार पोखरा रु. १५०००/-  २५. सिद्धार्थ गूरंग – दुबाई – रु. ५०००/- २६. दिलाशा गुरुङ – जापान – रु. ५०००/-

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments