Homeसमाचार | NEWSमनोरञ्जन | ENTERTAINMENTरामबाबु गुरुङले निर्देशन गरेका "कबड्डी ३ " फिल्म असोज ३ गते रिलिज...

रामबाबु गुरुङले निर्देशन गरेका “कबड्डी ३ ” फिल्म असोज ३ गते रिलिज हुने

काठमाडौं ।

रामबाबु गुरुङले निर्देशन गरेका फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ गते रिलिज हुदैछ ।

फिल्ममा दयाहाङ राई र उपासना सिंह ठकुरी मुख्य भूमिकामा देखिनेछन् । दया र उपासनाबाहेक फिल्ममा रिश्मा गुरुङ, कर्मा शाक्य, विल्सन बिक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा. सिंह गुरुङ, शिला खनाल, मणि के राई लगायतको अभिनय रहेको छ ।

गीतको भिडियोमा दयाहाङ राई र उपासना सिंह ठकुरी फिचर्ड छन् । सार्वजनिक गीतमा पुरानो डुंगा फिल्मको बास्कोटाको गीत ‘निर जैले रिसाउने’ कै फ्लेभर सुन्न सकिन्छ । हिजो (सोमबार) मात्रै फिल्मको ‘माया पिरती’ बोलमा रहेको गीत सार्वजनिक गरिएको थियो । गीतमा शब्द संगीत तथा स्वर काली प्रसाद बास्कोटाको रहेको छ भने अडियो मिक्सिंग जोशुआ भोलानले गरेका छन् ।

यस फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् भने बासुरी फ़िल्म्स र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको हो ।

फिल्ममा शैलेन्द्र डि. कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन छ । माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments