Homeसमाचार | NEWSसमाज | SOCIETYडाइमण्ड बुद्धिष्ट सेन्टर युकेको पोखरेली अपाङ्गलाई राहत वितरण

डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको पोखरेली अपाङ्गलाई राहत वितरण

डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको  पोखरेली अपाङ्गलाई राहत वितरण
हुम तमु,पोखरा, १३ जेठ
जहा पिडा त्यहाँ भगवानको उत्पन्न हुन्छ रे।त्यस्तै कोभिड १९ कोरोना भाईरसको महामारीले लामो लकडाउनमा समस्यामा परेका पोखरेली अपाङ्गहरुका निम्ती युकेस्थित डाइमण्ड बुद्धिष्ट सेन्टर भगवानकै रुपमा प्रस्तुत भएको छ।
नेपालमा लकडाउनको त्रीसठ्ठीऔ दिनको बिहान चुलो निभ्न लागेका पोखराका एक सय जना अपाङ्गहरुका लागी एक बोरा चामल, तीन किलो दाल, एक लिटर तेल र एक पोका नुन राहतसहित तमु सास्कृतिक प्रतिष्ठान नेपालमार्फत डाइमण्ड बुद्धिष्ट सेन्टरले कोरोनाको कहरमा मल्हम पट्टी लगाएको हो।
पोखरा नौ शान्ति बनबाटिकास्थित नेपाल अपाङ्ग समाज सेवा सघको परिसरमा आयोजित कार्यक्रममा अठतिस जना अपाङ्गहरुलाई राहत वितरण गरिएको थियो। कार्यक्रमका विशेष अतिथि वडाअध्यक्ष रामराज लामिछाने, सदस्य राममाया मानन्धर, प्रतिष्ठान अध्यक्ष चित्र बहादुर गुरुङ, कार्यक्रम सयोजक चिजकाजी गुरुङ, प्रतिष्ठान पूर्व अध्यक्ष झम गुरुङले राहत वितरण गर्नुभएको थियो।
 
कार्यक्रममा सयोजक चिजकाजी गुरुङले राहत सकलन र प्रदान गर्ने सस्था डिबिसीको बारेमा विस्तृत जानकारी गराउनु भएको बीशेष अतिथि वडाअध्यक्ष रामराज लामिछानेले राहत प्रदान गर्ने डाइमण्ड बुद्धिष्ट सेन्टर युके र बितरण गर्ने तमु सास्कृतिक प्रतिष्ठानलाई धन्यवाद दिनुभयो। उहाले कोरोनाको सक्रमण बढ्दै गएकाले सचेत हुन समेत आग्रह गर्नुभयो।
यसै गरी आज बिहान नै पोखरा – १० रामघाटस्थित बौद्ध आर्घौ सदनमा बाउन्न जना अपाङ्गलाई डिबिसीको राहत बितरण गरिएको थियो। बौद्ध अर्घौ सदनका प्रमुख लामा खेन्पो शिर लामा गुरुङको बिशेष उपस्थितिमा, वडा सदस्य सम्मरबहादुर श्रेष्ठ, प्रहरी बिट प्रतिनिधिको समेत विशेष उपस्थितिमा अपाङ्गहरुलाई राहत बितरण गरिएको हो।
 
कार्यक्रममा वडा न.दश सदस्य सम्मरबहादुर श्रेष्ठले पोखराका समस्यामा परेका अपाङ्गलाई युकेबाट राहत प्रदान गर्ने डिबीसीलाई र सहयोगी तमु सास्कृतिक प्रतिष्ठानलाई धन्यवाद दिनुभयो आफूहरू निर्वाचित भरको वडामा दाताहरुले आगामी दिनमा पनि पुन्य कार्य गर्न आउन आग्रह गर्नुभयो। राहत र कार्यक्रमको बारेमा सयोजक चिजकाजी गुरुङले जानकारी गराउनुभएको थियो।
यसरी नै प्रतिष्ठानको कार्यालयबाट बगर, पार्दी, फुलबारी, भद्रकाली लगायतका दश जना अपाङ्गलाई प्रतिष्ठानका पदाधिकारीहरुले घर घरै पुरयाउनुभएको थियो।अपाङ्गताका कारण कार्यक्रममा उपस्थित हुन नसकेकाहरुका लागी प्रतिष्ठानले राहात घरघरै पुरयाएको हो।
 
राहत वितरणमा स्वालम्बन जीवन पद्धति केन्द्र, नेपाल अपाङ्ग समाज सेवा सघ, बहिरा सघ कास्की लगाएतले सस्थागत सहभागिता जनाएको थियो भने तमु धि नेपालको प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो। पोखरा महानगरपालिकाको अनुमति लिएर वितरण गरिएको राहत प्रति व्यक्ति २ हजार खाध्य सामग्रीको दरले २ लाख बराबरको राहत वितरण गरिएको छ । डिबिसीले राहत वितरणका लागी दुई लाख छ्ब्बीस हजार चार सय चौरासी रुपैया प्रतिष्ठानलाई पठाएको थियो।
 
यस अघि गत शनिबार डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको तर्फबाट तीस हजार र साउथ इस्ट रिजनल तमु धी युकेद्वारा बीस हजार गरी ५० हजार रुपैया बौद्ध अघौं सदनमा बुद्ध शिक्षा अध्ययनरत ट्हबाहरुको निम्ति सहयोग हस्तान्तरण गरिसकेको छ।
फोटो एल्बम :
{vsig}photos/tamucan-dbsuk-rahat{/vsig}
 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments