देशमा आएको राजनीतिक परिवर्तनसँगै विकास र अधिकारको कुरामा जनता पनि सचेत हुँदै अघि बढनुपर्छ भन्ने सन्देश दिन खोजिएको यस चलचित्रले पछिल्लो समय घलेहरुबीच गुरुङ कि घले भन्ने विषयमा चलेको बहसलाई समेत उठान गरेको छ ।
युवाहरु सचेत भएर आफनै गाउँ ठाउँमै परिश्रम गरयो भने गाउँको मुहार फेर्न अरुको मुख ताक्नु पर्दैन भन्ने सन्देश पनि चलचित्रले दिन खोजिएको छ ।
रेड ओसियन इन्टरटेन्मेन्टको प्रस्तुती रहेको चलचित्रलाई विकास घले गुरुङले लेखन तथा निर्देशन गर्नुभएको छ । सोम गुरुङको सह–निर्देशन रहेको चलचित्रमा विश्वास गुरुङ र काशी घले (इन्द्र) को मुख्य अभियन रहेको छ भने टिकाराम घले, सु.मन्त्रीजंग गुरुङ, सितादेवी गुरुङ, डि.बी, कल्याण थापा मगर, विरुप घले, कृष्ण गुरुङ, पेम्बा छिरिङ शेर्पा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको निर्मातामा शान्ति गुरुङ, सु.मन्त्रीजंग गुरुङ, बुद्धिमाया गुरुङ र अभिनास माङसुम रहनुभएको छ । लमजुङको क्होंला सोंथर गाउँपालिका वडा नं.८ तामु गाउँमा चलचित्रको छायांङकन गरिएको हो ।
फोटो एल्बम ;
{vsig}photos/gurung-film-fichyo/{/vsig}